'विदेशबाट भारतीयहरुलाई सित्तैमा ल्याउन सकिन्छ भने मजदुरहरुसँग रेलकाे भाडा किन लिने ?'

 वैशाख २२, २०७७ सोमबार ११:३९:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय कांग्रेस प्रमुख साेनिया गान्धीले प्रवासी मजदुरहरुलाई आफ्नाे गृह राज्य फर्कनकाे लागि रेलवेकाे तर्फबाट भाडा असुली गरेकाे भन्दै कडा आलाेचना गरेकी छिन् । 

साेनीकाे गान्धीकाे तर्फबाट प्रकाशित गरिएकाे बयानमा प्रदेश कांग्रेस कमिटीकाे प्रत्येक इकाइले सबै विपन्न मजदुरहरुलाई घर फर्कनकाे लागि रेलकाे टिकट किनिदिने बताइएकाे छ । 

साेनिया गान्धीले केन्द्रकाे नरेन्द्र माेदी सरकारलाई निसाना बनाउँदै भनिन्, 'मजदुर राष्ट्र निर्माणका दूत हुन् । हामी विदेशमा अलपत्र परेका भारतीयहरुलाई आफ्नाे कर्तव्य सम्झेर सित्तैमा देश ल्याइरहेका छाैँ, गुजरातमा केवल एक कार्यक्रममा सरकारी ढुकुटीबाट सय कराेड रुपैयाँ जम्मा गर्न सकिन्छ, रेल मन्त्रालय काेराेना काेषमा एक सय ५१ कराेड रुपैयाँ दिन सक्छ तर यी मजदुरुहरुलाई सित्तैमा घर पुर्‍याउन किन सक्दैन ?'

प्रवासी मजदुरसँग रेलवेकाे तर्फबाट भाडा असुली भएकाे भन्दै कांग्रेस नेता राहुल गान्धीले पनि ट्वीट गरेका छन्, 'एकातिर रेलवे दाेस्राे राज्यमा फसेका मजदुरसँग भाडा असुल गरिरहेकाे छ भने अर्काेतिर रेल मन्त्रालयल पीएम केयर फण्डमा एक सय ५१ कराेड रुपैयाँ जम्मा गरिरहेकाे छ । चाँडाे याे गाँठाे सुल्झाइयाेस् ।'

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया