बेलायतमा 'लकडाउन' सिफारिस गर्ने प्राेफेसरले दिए राजीनामा

 वैशाख २४, २०७७ बुधबार ७:१०:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतमा लकडाउन सिफारिस गर्ने प्राेफेसर निल फर्ग्युसन आफैले सामाजिक प्रतिबन्ध (व्यक्तिगत दुरी) काे पालना नगरेपछि पदबाट राजीनामा दिएका छन् । उनी काेराेनाकाे विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् । 

आफ्नाे राजीनामाकाे घाेषणा गर्दै उनले भने, 'आफूले गलत गरेकाे म स्वीकार्छु । यस कारण म पदबाट हटेकाे हुँ । काेराेना महामारीबाट बच्न मैले सामाजिक प्रतिबन्ध र व्यक्तिगत दुरीलाई जाेड दिँदै आएकाे थिएँ र आफैले त्यसलाई नजरअन्दाज गरेँ ।'

लण्डनकाे डेली टेलिग्राफ अखबारले एउटा रिपाेर्ट छापेकाे थियाे, जसमा प्राेफेसर फर्ग्युसनले एक महिलालाई आफ्नाे नजिक आउन दिएका थिए र त्याे सामाजिक प्रतिबन्धसम्बन्धी नियमकाे उल्लङ्घन थियाे । 

प्राेफेसर फर्ग्युसन सेन्टर फर ग्लाेबल इन्फेक्शन डिजिज एनालिसिसका निर्देशक हुन् । याे संस्थाले सरकार र विश्व स्वास्थ्य सङ्गठनलाई आफ्रिकामा इबाेलादेखि लिएर अहिले महामारीकाे रुप लिइरहेकाे काेराेनासम्मकाे विषयमा सल्लाह दिन्छ । 

यही संस्थाले गएकाे जनवरीमा विश्वलाई काेराेनाकाे खतरासँग सचेत गराएकाे थियाे । 

चिनियाँ अधिकारीहरुले वुहान केवल केही दर्जन व्यक्ति काेराेनाबाट सङ्क्रमित भएकाे बताइरहेकाे बेला याे संस्थाले कम्तीमा सयाैँ व्यक्ति सङ्क्रमित भइसकेकाे बताएकाे थियाे । 

प्राेफेसर निल फर्ग्युसनकाे टिमले नै आफ्नाे अनुसन्धानकाे आधारमा बेलायतकाे तत्काल कुनै कदम नउठाए काेराेना भाइरसबाट झण्डै पाँच लाख व्यक्तिकाे ज्यान जाने बताएकाे थियाे । 

उनकै सल्लाहमा बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले गएकाे २३ मार्चमा लकडाउन घाेषणा गरेका थिए । त्यसबेलादेखि निल फर्ग्युसन प्राेफेसर लकडाउनकाे नामले चर्चित भएका थिए । 

तर उनी आफ्नाे पदबाट राजीनामा दिने पहिलाे स्वास्थ्य विशेषज्ञ भने हाेइनन् । 

यसअघि गएकाे अप्रिल ६ मा स्क्टल्याण्डका प्रमुख मेडिकल अफिसर डाक्टर क्याथरिन कैलडरवुडले लकडाउनकाे क्रममा आफ्नाे दाेस्राे घर जाँदा पदबाट राजीनामा दिनुपरेकाे थियाे ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया