भारतमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ४९ हजारभन्दा धेरै

 वैशाख २४, २०७७ बुधबार १२:५:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमण तीव्र गतिमा बढिरहेकाे छ । भारतकाे स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेकाे तथ्याङ् अनुसार भारतमा सङ्क्रमितकाे सङ्ख्या ४९ हजार तीन सय ९१ पुगेकाे छ । 

काेराेना सङ्क्रमणका कारण भारतमा ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय ९४ पुगेकाे छ । अहिलेसम्म काेराेना सङ्क्रमित १४ हजार एक सय ८३ जना निकाे भएका छन् भने ३३ हजार पाँच सय १४ जनाकाे उपचार भइरहेकाे छ । 

यसैबीच असम सरकारले भने लकडाउन थप केही खुकुलाे बनाएकाे छ । उद्याेग र आपूर्ति सम्बन्धी संस्था, गाेदाम, रेलवे, एजपीजी ग्यास र पेट्राेलियम वितरण सेवाका साथै निर्माण गतिविधिमा काम गर्ने अनुमति दिएकाे छ । 

यसका साथै निजी कार्यालयमा पनि काम सुरु गर्न अनुमति दिइएकाे छ । मल बन्द रहे पनि मलकाे निजी कार्यालय खाेल्ने अनुमति दिइएकाे छ । 

असम राज्यकाे ग्रीन जाेन जिल्लामा बिहान ७ बजेदेखि यी सबै गतिविधिमा अनुमति दिइएकाे छ । तर साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएकाे छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया