मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ज्यान गुमाउनेको सङ्ख्या ९...
पुस ८, २०८१ सोमबार
दाङ - डिभिजन वन कार्यालय दाङले संरक्षण सूचीमा सुचिकृत लोपोन्मुख जंगली जनावर हुँडारको जीवितै उद्धार गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१२, रझेनामा टाउकोमा चोट लागेर घाइते अवस्थामा जंगली जनावर देखिएको भन्ने स्थानीयहरुले दिएको सूचनाका आधारमा डिभिजन वन कार्यालय, घोराही तुलसीपुर सव डिभिजन वन कार्यालय, दोघरेबाट गएको संयुक्त गस्ती टोली घटना उद्धार गरेको हो ।
टाउकोमा छर्रा गोली लागेर घाइते अवस्थामा पल्टिरहेको भाले हुँडारको बुधबार उद्धार गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । घटनास्थलमा छटपटाइ रहेको घाइते हुँडारलाई औषधोपचार एवं आवश्यक व्यवस्थापनका लागि आपत्कालीन उद्धार गरी डिभिजन वन कार्यालयमा ल्याइएको छ ।
घटनामा संलग्नका बारेमा स्थानीयसँग सोधपुछ गर्दा हुँडार घाइते अवस्थामा गाउँ छिरेको कसले घाइ बनाएको भन्ने थाहा नभएको र । घटनाको विषयमा विस्तृत छानबिन भइहेको सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।