ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डौ - विश्वका विभिन्न देशमा गरी १३ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् ।
दुई सय १२ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३८ लाख २२ हजार आठ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १३ लाख दुई हजार आठ सय ९० जना निको भएको वल्डोमिटरले जनाएको छ ।
त्यस्तै २२ लाख ५४ हजारभन्दा धेरैको उपचार भइरहेको छ । जसमध्ये दुई प्रतिशत अर्थात् ४८ हजार दुई सय ११ जनाको अवस्था जटिल रहेको र बाँकी २२ लाखभन्दा धेरैको अवस्था सामान्य रहेको छ । अहिलेसम्म दुई लाख ६५ हजारभन्दा धेरैको ज्यान गएको छ ।
गएको २४ घण्टामा विश्वका विभिन्न देशमा गरी ६ हजार आठ सय ११ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा दुई हजार पाँच सय २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ७४ हजार सात सय ९९ पुगेको छ । अमेरिकामा मात्रै १२ लाख ६३ हजार ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा दुई लाख १२ हजार ९ सय ८१ जना निको भएका छन् ।
बेलायतमा ज्यान गुमाउनेको सङ्ख्या ३० हजार नाघेको छ । त्यहाँ दुई लाख एक हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा साढे २९ हजारभन्दा धेरै, स्पेनमा साढे २५ हजारभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । गएको २४ घण्टामा तीन हजार पाँच सय ८७ नयाँ बिरामी थपिएसँगै ५२ हजार नौ सय ८७ जनामा कोरोना पुष्टि भएको र एक हजार सात सय ८५ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ ।
तर भारतको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म ४९ हजार तीन सय ९१ जनामा कोरोना पुष्टि भएको र एक हजार ६ सय ९४ जनाको ज्यान गएको बताएको छ ।
कोरोनाको उद्गम देश चीनमा गएको २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको तर दुई जनामा सङ्क्रमण पुष्टि भएको चीनले दाबी गरेको छ । चीनमा अहिलेसम्म ८२ हजार आठ सय ८३ जनामा कोरोना पुष्टि भएकोमा ७७ हजार नौ सय ११ जना निको भएका छन् । त्यहाँ चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।