आन्ध्र प्रदेश : रासायनिक उद्योगमा ग्यास लिक हुँदा कम्तीमा ९ जनाको ज्यान गयो

 वैशाख २५, २०७७ बिहीबार १२:३३:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - भारतको आन्ध्र प्रदेशको विशाखापटनमा रहेको एक रासायनिक उद्योगमा ग्यास लिक हुँदा कम्तीमा नौ जनाको ज्यान गएको छ ।

घटनामा अन्य दुई सय जना बिरामी परेका छन् । ग्यास लिक हुँदा बिरामी भएका दुई सय मध्ये ८६ जनालाई भेन्टिलेटरमा राखिएको खबरमा उल्लेख छ । तीन जनाको घटनास्थलमै र अरु ६ जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।

प्रहरीले ग्यास प्लान्ट आसपासको पाँच वटा गाउँ खाली गराएको छ ।  भएका व्यक्तिमा आँखा पोल्ने, श्वासप्ररश्वासको समस्या भएको छ । मानिस सुतिरहेका बेला ग्यास लिक भएकाले धेरै जनालाई असर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अहिलेसम्म ग्यास लिक हुनुको कारण थाहा भएको छैन । तर प्लान्टको व्यवस्थापकविरुद्ध उजुरी दर्ता भएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया