सप्तरीमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

 वैशाख २५, २०७७ बिहीबार १८:७:२० | रासस
unn.prixa.net

सप्तरी - हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको ज्यान गएको छ । 

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका-२ को भलुवाही टोलकी ३८ वर्षीया महिला जानकी मगरको ज्यान गएको स्थानीय राजु जयसवालले बताउनुभयो । 

जानकीको शव परीक्षणका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ । जायसवालका अनुसार तीनवटा हात्तीको समूहले लक्ष्मण मण्डल र बलराम इशरको घर भत्काएको छ । 

दुई दिनअघि हात्तीको समूहले अग्निसाइर कृष्णसवरण गाउँपालिका-२ मा रहेको रामटोलका वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरेर खाद्यान्न खाई क्षति पुर्याएको थियो । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सुबाेध कुमार चाैधरी

    May 7, 2020, 7:31 p.m.

    नक्सामा सिरहा गलत लेखिएको छ अग्निसाइर कृष्णसवरण गाउँपालिकाको यो समस्या नया होइन तर सम्बन्धित निकाय सधै मौन हुन्छ यस समस्या प्रति

  •  0 Reply

तपाईको प्रतिक्रिया