काेराेना भाइरस : पछिल्लाे २४ घण्टामा कहाँ के भयाे ?

 वैशाख २६, २०७७ शुक्रबार ७:२३:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) सङ्क्रमणकाे कारण अहिलेसम्म विश्वभर दुई लाख ६८ हजार नाै सयभन्दा धेरैकाे ज्यान गएकाे छ । ३८ लाख ३६ हजार दुई सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । 

अमेरिका विश्वकाे सबैभन्दा धेरै प्रभावित देश हाे । अमेरिकामा मात्रै १२ लाख ५४ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाेमा ७५ हजारभन्दा धेरैकाे ज्यान गइसकेकाे छ । 

अमेरिकापछि बेलायतकाे काेभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित बनेकाे छ । बेलायतमा सङ्क्रमणकाे कारण ३० हजार ६ सयभन्दा धेरैकाे ज्यान गएकाे छ भने दुई लाख सात हजार नाै सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । 

इटलीमा अहिलेसम्म २९ हजार नाै सयभन्दा धेरैकाे ज्यान गएकाे छ । सङ्क्रमणकाे कारण ज्यान गुमाउने आधारमा इटली तेस्राे नम्बरमा छ । इटलीमा दुई लाख १५ हजार आठ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । 

स्पेनमा ज्यान गुमाउनेकाे सङ्ख्या २६ हजारभन्दा धेरै छ । त्यस्तै दुई लाख २१ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । 

फ्रान्समा ज्यान गुमाउनेकाे सङ्ख्या झण्डै २६ हजार पुग्न लागेकाे छ । फ्रान्समा एक लाख ७४ हजार नाै सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । 

युराेपमा दैनिक ज्यान गुमाउनेकाे सङ्ख्यामा कमी 

फ्रान्समा बुधबार दुई सय ७८ जनाकाे ज्यान गएकाे थियाे । बिहीबार ज्यान गुमाउनेकाे सङ्ख्या एक सय ७८ छ । फ्रान्सका प्रधानमन्त्रीले लकडाउनमा केही छुट दिने बताएका छन् तर पेरिस र उत्तर–पूर्वमा प्रतिबन्ध यथावत् रहिरहनेछ । 

इटलीमा पनि काेभिड–१९ बाट ज्यान गुमाउनेकाे सङ्ख्यामा कमी आएकाे छ । बुधवार इटलीमा दुई सय ७४ जनाकाे ज्यान गएकाे थियाे, बिहीवार याे सङ्ख्या केहीले घट्याे । 

स्पेनमा बुधबार दुई सय ४४ जनाकाे ज्यान गएकाे पुष्टि भएकाे थियाे तर बिहीवार याे सङ्ख्या दुई सय १३ मा झरेकाे छ । स्पेनकाे संसदमा बुधवार राति आपत्काल दुई हप्ता बढाउनकाे लागि मतदान भयाे, जसका कारण मानिसकाे गतिशीलतामा अझै नियन्त्रण गर्न सकियाेस् । 

युराेपेली सङ्घकाे सदस्य देशमध्ये पाेल्याण्डमा मृत्युदर कुनै दाेस्राे देशकाे तुलनामा कम छ । पाेल्याण्डमा पछिल्लाे २४ घण्टामा तीन सय २४ जनामा सङ्क्रमण पुष्टि भएकाेमा २२ जनाकाे ज्यान गएकाे छ । 

क्यालिफाेर्नियाका गभर्नर गेविन न्युजाेमले प्रान्तका केही व्यवसायमा केही छुट दिने बताएका छन् ।  

भारतकाे स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा ५२ हजार नाै सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाेमा १५ हजार दुई सय ६७ जना निकाे भएका छन् । सङ्क्रमणकाे कारण अहिलेसम्म एक हजार सात सय ८३ जनाकाे ज्यान गएकाे छ । 

नेपालमा हिजाे दुई जना सङ्क्रमित थपिएसँगै एक सय एक जनामा सङ्क्रमण पुष्टि भएकाे छ भने अहिलेसम्म २२ जना निकाे भएका छन् ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया