यूएई : २ लाख भारतीयले स्वदेश फर्कन आवेदन दिए

 वैशाख २६, २०७७ शुक्रबार ८:३६:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) मा काेराेना भाइरसकाे कारण लकडाउनमा फसेका तीन सयभन्दा धेरै भारतीयलाई दुबईबाट फिर्ता ल्याइएकाे छ । बिहीबार दुई वटा उडानमार्फत सबै जना केरल पुगेका थिए र उनीहरुलाई क्वरेण्टीनमा पठाइएकाे छ । 

भारतले गएकाे मार्च महिनामा काेराेना भाइरस सङ्क्रमण फैलिनबाट राेक्नका लागि सबै अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेकाे थियाे । 

अबकाे केही हप्तामा झण्डै १५ हजार भारतीयलाई १२ देशबाट विशेष विमानमार्फत स्वदेश ल्याउने तयारी छ । सबै भारतीयले हवाई भाडा आफैले व्यहाेर्नुपर्नेछ र आउनुअघि सबैकाे काेराेना परीक्षण गरिनेछ । बिहीबार अमेरिका र बेलायतबाट पनि भारतीय लिएर विमान उडान भर्ने तयारीमा थिए तर चालक दलका सदस्यहरकाे परीक्षणमा समय लागेपछि उडान सरेकाे छ । 

भारतले विदेशमा रहेका भारतीयहरुलाई स्वदेश ल्याउने अभियानलाई वन्दे भारत मिसन नाम दिएकाे छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा दुई लाख भारतीयलाई विदेशबाट स्वदेश ल्याउनु पर्नेछ । सन् १९९० पछि यसलाई सबैभन्दा ठूलाे अभियान भनिएकाे छ । खाडी युद्धकाे समयमा एक लाख ७० हजार भारतीयलाई स्वदेश ल्याइएकाे थियाे । 

भारतकाे सरकारी हवाई सेवा एअर इण्डियाकाे उडान अबकाे केही दिनमा अमेरिका, बेलायत, साउदी अरब, कतार, सिङ्गापुर र मलेसियातर्फ उड्दैछ । यूएईबाट मात्रै एक लाख ९७ हजार भारतीयले स्वदेश फर्कन आवेदन दिएका छन् । धेरैजसाे केरलका छन् । केरलका लाखाैँ नागरिक यूएईमा काम गर्छन् । 

भारत आफै टिकटकाे पैसा दिने र काेराेना सङ्क्रमण नभएका आफ्ना नागरिकलाई स्वदेश ल्याउन लागेकाे छ । सबै उडानमा दुई सयदेखि दुई सय ५० जनासम्म रहनेछन् । 

भारतले जलमार्गबाट पनि आफ्ना नागरिक स्वदेश ल्याइरहेकाे छ । भर्खरै भारतीय जलसेनाले मालदिभ्समा एउटा जहाज पठाएकाे थियाे र त्यहाँ रहेका एक हजार भारतीयलाई फिर्ता लिएर आएकाे थियाे । भारतीय विदेश मन्त्री एस जयशङ्करले विदेशमा रहेका भारतीयलाई फर्कन इच्छा भए दूतावासमा सम्पर्क गर्न आग्रह गरेका छन् ।   

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया