'सुरक्षा उपाय 'फेल' भए अफ्रिकामा काेराेनाकाे कारण १ लाख ९० हजारसम्मकाे ज्यान जान सक्छ'

 वैशाख २६, २०७७ शुक्रबार ९:४३:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठनकाे एक अध्ययनले अफ्रिकी क्षेत्रमा अपनाइएकाे राेकथामकाे उपाय विफल भए काेभिड १९ महामारीकाे पहिलाे वर्षमै एक लाख ९० हजारभन्दा धेरैकाे ज्यान जान सक्ने बताएकाे छ । 

याे अनुमान प्रिडिक्शन माेडल र अफ्रिकाकाे ४७ देशमा गरिएकाे विश्लेषणकाे आधारमा तयार गरिएकाे हाे । यदि अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरुनमा राेकथामकाे उपायमा ध्यान नदिए त्यहाँ सबैभन्दा खतरा हुने अध्ययनले बताएकाे छ । 

विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिँदै आउँदा दिनमा धेरै सङ्ख्यामा मानिसहरु अस्पताल पुग्ने र स्वास्थ्य सेवाका क्षेत्रमा अझै चुनाैती थपिने बताएकाे छ । 

अस्पतालले आफ्नाे क्षमता बढाउनुपर्नेमा अध्ययनले सल्लाह दिएकाे छ । मार्च २०२० मा गरिएकाे एक अध्ययनका अनुसार अफ्रिकी क्षेत्रमा औसत १० लाख मानिस बराबर मात्र नाै वटा सघन उपचार कक्ष आईसीयू वार्ड रहेकाे बताइएकाे थियाे । 

अफ्रिकी क्षेत्रका लागि विश्व स्वास्थ्य सङ्गठनकी क्षेत्रीय निर्देशक डाक्टर मात्शिडिसाेले भनिन्, 'जहिलेसम्म अफ्रिकी क्षेत्रमा सरकारले सक्रिय दृष्टिकाेण अपनाउँदैन तबसम्म काेभिड १९ आउँदाे कैयाैँ वर्षसम्म हाम्राे जीवनमा रहिरहनेछ । हामीलाई परीक्षण, ट्रेस, आइसाेलेट र उपचारकाे आवश्यकता छ ।'  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया