प्रतिबन्ध खुकुलाे बनाउन अस्ट्रेलियाली प्रधानमन्त्रीकाे ३ चरणकाे याेजना

 वैशाख २६, २०७७ शुक्रबार १०:१९:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाली प्रधानमन्त्री स्कट माेरिसनले याे हप्तादेखि कसरी लकडाउन खुकुलाे बनाउँदै लैजाने भनेर याेजना सार्वजनिक गरेका छन् । 

प्रधानमन्त्री माेरिसनले सार्वजनिक गरेकाे याेजना तीन चरणकाे छ, जसअन्तर्गत पहिलाे चरण आजबाट सुरु भएकाे छ । पहिलाे चरणमा के–के गर्न पाइन्छ ?

– घरमा पाँच जना अतिथि आउन सक्ने र घरबाहिर १० जना एकसाथ जम्मा हुन सक्ने 
– रेस्टुरेन्ट, क्याफे र किराना पसलमाथि थप राहत
– कर्मचारीहरुले मिलेसम्म घरबाटै काम गर्ने
– कक्षा काेठा र खेल मैदान खुल्ने 
– स्थानीय भ्रमण यथावत् 

दाेस्राे चरणमा एकैसाथ २० जना जम्मा हुन पाउनेछन् भने सिनेमा जिम ब्युटी पार्लर सैलुन र सामुदायिक खेलकुद सुरु हुनेछ । 

तेस्राे चरणमा एकैसाथ सय जनासम्म जम्मा हुन पाउनेछन् । तर याे सबै चरणबद्ध रुपमा हुनेछ । 

तर प्रत्येक राज्य र क्षेत्रले अवस्थालाई हेरेर लकडाउनलाई खुकुलाे बनाउ सक्नेछन् । क्वीन्सल्याण्ड र उत्तरी क्षेत्रले भने केही प्रतिबन्ध हटाइसकेका छन् । 

'प्रकाेप अझै बढ्नेछ, सङ्क्रमित अझै थपिने छन् । सबै कुरा याेजना अनुसार नै हुन्छ भन्ने छैन । तर हामी पछाडि धकेलिने डरलाई अघि बढ्नबाट राेक्न सक्दैनाैँ ।' 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया