झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा
मंसिर ११, २०८१ मंगलबार
कञ्चनपुर - जिल्लाका भारतसँग सीमा जोडिएका सबै प्रवेश बिन्दुसहित खुला सिमानाको जुनसुकै स्थानबाट प्रवेश गरउने र लुकाउनेमाथि कारबाही हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको आदेश अनुसार सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका व्यक्तिलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने छ । सीमा क्षेत्रमा यात्रुको आगमनको कार्य आगामी जेठ १८ गतेको मध्यरातसम्म स्थगित गर्ने गरी निरन्तरता दिइने भएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि जेठ ५ गते सोमबार मध्यरातसम्म जिल्लाभर स्वास्थ्य सुरक्षा मापदण्ड पालना र सामाजिक दूरी कायम गरी पशुपन्छी माछा, कखुरा, पालन र नर्सरीबाट बिरुवा उत्पादन तथा दाना उत्पादन, फलफूल तरकारी दूध, दुग्धजन्य पदार्थ उत्पादन, सङ्कलन भण्डारण, एग्रोभेट भेटेनरी औषधि पसलको सञ्चालन, सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, अस्पताल, नर्सिङहोम, पोलिक्लिनिक ल्याब, सबै प्रकारका खोपलगायत अत्यावश्यक सेवाको सञ्चालन जुनसुकै समयमा पनि गर्न पाइने भएको छ ।
औषधि पसलको सञ्चालन, कृषि सामग्री, पानी, ग्यास, खाद्य सामग्री, पेट्रोलिय पदार्थ बोकेका ढुवानीका साधान, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानी साधन, बढीमा पाँच जना कामदार रहने गरी सवारीसाधन मर्मत गर्ने वर्कसप, इन्टरनेट जडान र मर्मतलगायतका कार्यसमेत गर्न पाइने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।