रुसमा लगातार साताैँ दिन १० हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण पुष्टि

 वैशाख २७, २०७७ शनिबार १९:३६:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसमा काेराेना भाइरसकाे सङ्क्रमण तीव्र गतिमा फैलिने क्रम राेकिएकाे छैन । पछिल्लाे २४ घण्टामा रुसमा १० हजार आठ सय १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

एकैदिन १० जना नयाँ बिरामी थपिएसँगै रुसमा काेराेना सङ्क्रमितकाे सङ्ख्या बढेर एक लाख ९८ हजार ६ सय ७६ भएकाे छ । 

रुसको काेराेना टास्क फाेर्सले गएकाे २४ घण्टामा एक सय चार जनाकाे ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार आठ सय २७ पुगेकाे जनाएकाे छ । सङ्क्रमितमध्ये ३१ हजार नाै सय १३ जना उपचारपछि निकाे भएका छन् भने एक लाख ६४ हजार नाै सय ३३ जनाकाे उपचार भइरहेकाे छ । 

रुसमा गएकाे आइतबारदेखि प्रत्येक दिन १० हजारभन्दा धेरै सङ्क्रमित थपिइरहेका छन् । सङ्क्रमितकाे सङ्ख्याकाे हिसाबले रुस काेराेना प्रभावित देशकाे पाँचाैँ नम्बरमा परेकाे छ । गएकाे बिहीबार फ्रान्स र जर्मनीलाई पछि पार्दै रुस बेलायत नजिक पुगेकाे हाे । 

अमेरिकाकाे जाेन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वका सबैभन्दा धेरै प्रभावित देशकाे अवस्था यस्ताे छ–

अमेरिका – १२ लाख
स्पेन – दुई लाख २३ हजार 
इटली – दुई लाख १७ हजार 
बेलायत – दुई लाख १२ हजार
रुस – एक लाख ९८ हजार
फ्रान्स – एक लाख ७६ हजार
जर्मनी – एक लाख ७० हजार  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया