काेराेना भाइरस : विश्वभर १४ लाखभन्दा धेरै निकाे भए

 वैशाख २७, २०७७ शनिबार २०:४७:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वभर अहिलेसमम १४ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् । दुई सय १२ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ४० लाख ४१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा १४ लाख तीन हजार आठ सय ६७ जना निको भएका हुन् । 

त्यस्तै उपचार गराइरहेका २३ लाख ६० हजारभन्दा धेरैमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य छ । कोरोनाका कारण अहिलेसम्म दुई लाख ७६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

काेराेना सङ्क्रमणबाट सबैभन्दा प्रभावित भएकाे देश अमेरिका हाे, त्यहाँ सङ्क्रमित र ज्यान गुमाउने दुवैकाे सङ्ख्या धेरै छ । अमेरिकामा अहिलेसम्म १३ लाख २३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा साढे ७८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

रुसमा आज मात्रै १० हजार आठ सय १७ जनामा कोरोना पुष्टि भएको छ भने एक सय चार जनाको ज्यान गएको छ । योसँगै रुसमा ज्यान गुमाउनेको सङ्ख्या १८ सय २७ पुगेको छ । त्यस्तै एक लाख ९८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । 

यस्तै भारतमा ५९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा एक हजार नाै सय ५० भन्दा धेरैकाे ज्यान गएको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया