सुनसरीबाट काठमाण्डौ हिँडेका पाकिस्तानी नागरिक सिन्धुलीबाट फिर्ता

 बैशाख २८, २०७७ आइतबार ६:३६:२९ | रासस
unn.prixa.net

सिन्धुली - बीपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाण्डौ हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् ।

सुनसरीबाट सिन्धुली हुँदै काठमाण्डौ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो । सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै पीसीआरलगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा४ख ५०६४ नम्बरको माइक्रोबसलाई शनिबार काठमाण्डौ जान दिइएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपी भट्टराईले सवारी जाँच र आवश्यक कागजपत्र सबै भएको पाइएपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा छाडिएको जानकारी दिनुभयो । उक्त माइक्रोबसमा ११ पाकिस्तानी नागरिक रहेका उहाँले बताउनुभयो । उहाँका अनुसार उनीहरु स्वदेश फिर्ताका लागि भन्दै काठमाडौँ हिँडेका हुन् ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा उक्त माइक्रोबस सिन्धुलीबाट छाडिए पनि बीपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रोबसलाई भने सुनसरी नै फिर्ता पठाइएको छ ।

सुनसरीबाट काठमाण्डौ हिँडेका पाकिस्तानी नागरिकलाई सोही माइक्रोबसबाटै सुनसरी नै फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया