भारतले 'मिचाहा' प्रवृत्ति देखायो : पूर्वसांसद मञ्च

 वैशाख २८, २०७७ आइतबार १९:२६:१५ | रासस
unn.prixa.net

काठमाण्डौ – पूर्वसांसद् मञ्च नेपालले विश्व कोरोना महामारीविरुद्ध जुटिरहेका बेला नेपालको लिपुलेकमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्ने कार्यलाई मिचाहा प्रवृत्तिको संज्ञा दिएको छ ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठद्वारा प्रकाशित गरिएको विज्ञप्तिमा भारतको त्यस कार्यको विरोध गर्दै नेपाली भूभाग यथा शीघ्र फिर्ता गर्न भारतसगँ आह्वान गरिएको छ ।

सुगौली सन्धिकालीन आधिकारिक नक्साले नै लिपुलेक–कालापानीलगायत भूभाग नेपालको पुष्टि गरेको हुँदा यो पक्षलाई गम्भीररुपमा हेक्का राख्न भारतीय पक्षलाई मञ्चले सुझाव दिएको छ ।

वार्ताद्वारा विवादको तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने ठाउँमा वार्तालाई भारतीय पक्षले आलटाल गर्दै भारतीय पक्षले अर्धेलो थाप्ने काम गरिरहेको बताउँदै मञ्चले नक्सा सार्वजनिक प्रकरणपछि विवादलाई टुङ्ग्याउन परराष्ट्र सचिवस्तरमा वार्ता गर्ने पत्राचार भएको विषयलाई किन बेवास्ता गरिएको भनी प्रश्न गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सन् १८१६ मा भएको ब्रिटिस भारत र नेपालबीचको सुगौली सन्धिमा महाकालीपारि मात्र भारत भन्ने प्रष्ट छ । जल विज्ञानको सर्वमान्य सिद्धान्त र वैज्ञानिक मापदण्ड बमोजिम लिम्पियाधुराबाट निस्कने खोला नै काली नदी हो ।’ 

अतिक्रमित सम्पूर्ण नेपाली भूभाग फिर्ताका लागि प्रधानमन्त्रीस्तरमा वार्ता गर्न सुझाव दिँदै विज्ञप्तिमा भनिएको छ, ‘समस्या समाधान गर्न मूर्त र प्रभावकारी कदम चाल्न सरकारलाई आह्वान गर्दछ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया