काेराेना सङ्कट : साउदी अरबले ३ गुणा भ्याट बढायाे, कर्मचारीले पाउने भत्ता पनि काटियाे

 बैशाख २९, २०७७ सोमबार १३:४०:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस सङ्क्रमणकाे कारण प्रभावित भएकाे अर्थव्यवस्था सुधार्नका लागि साउदी अरबले मूल्य अभिवृद्धि कर (भ्याट) तीन गुणा बढाउने घाेषणा गरेकाे छ । 

यसका साथै साउदी सरकारले वित्तीय घाटा कम गर्न सरकारी कर्मचारीहरुले प्राप्त गर्ने कास्ट अफ् लिभिङ अलाउन्स पनि राेकिदिएकाे छ ।  

तेलकाे धनी साउदी अरबले काेराेना भाइरसकाे कारण विश्वभर लागू गरिएकाे लकडाउनपछि तेलकाे घट्दाे मूल्यका कारण निकै घाटा व्यहाेर्नुपरेकाे छ । 

साउदी अरबले दुई वर्षअघि नै भ्याट लागू गरेकाे थियाे । विश्वभरकाे कच्चा तेलकाे बजारमा आफ्नाे निर्भरता कायम गर्न साउदीले भ्याट लागू गरेकाे थियाे । 

साउदी अरबकाे सरकारी न्युज एजेन्सीकाे रिपाेर्ट अनुसार भ्याटकाे दर पाँच प्रतिशत बढाएर १५ प्रतिशत गरिएकाे छ । नयँ टक्स दर आउँदाे जुलाई १ बाट सुरु हुनेछ । 

वित्त मन्त्री माेहम्मद अल जदानले एक बयानमा भने, 'याे परिवर्तन कष्टदायी छ तर वित्तीय र आर्थिक स्थिरताकाे लागि निकै जरुरी छ । जसबाट हामी काेराेना भाइरस सङ्कटकाे विषम परिस्थितिबाट उत्पन्न भएकाे अवस्थाबाट कम्तीमा पनि घाटा टार्न सक्छाैँ ।'

सरकारी खर्च आम्दानीभन्दा धेरै भएपछि याे घाेषणा गरिएकाे हाे । याे वर्षकाे पहिलाे तीन महिनामै साउदी अरबकाे बजेट घाटा नाै अर्ब डलर भएकाे थियाे । 

यसकाे सबैभन्दा ठूलाे कारण कच्चा तेलकाे मूल्यमा गिरावट आउनु थियाे । पहिलाे तीन महिनामा तेलकाे मूल्यमा गिरावट आयाे र त्यसकाे असर साउदी अरबकाे अर्थव्यवस्थामा परेकाे थियाे । तेलकाे मूल्यमा गिरावट आएपछि साउदी अरबकाे राजस्वमा २२ प्रतिशतले कमी आएकाे थियाे । 

मार्च महिनामा साउदीकाे सेन्ट्रल बैंकले विदेशमा जम्मा गरेकाे पुँजीमा पनि सबैभन्दा चाँडाे गिरावट देखियाे । दुई दशकमा साउदी अरबले विदेशमा जम्मा गरेकाे पुँजीमा यति धेरै गिरावट देखिएकाे थिएन । सन् २०११ पछि मुद्रकाे अवस्था यस्ताे भएकाे याे पहिलाे पटक हाे । 

काेराेना सङ्कटबाट उत्पन्न अवस्थाबाट माथि उठ्न बनाइएकाे नियमकाे कारण विकास दर सुस्त हुनेछ तर क्राउन प्रिन्स माेहम्मद बिन सलमानले जुन आर्थिक सुधार उठाउनकाे लागि कदम उठाएका थिए, त्यसलाई प्रभावकारी रुपमा लागू गरिने सम्भावना देखिएकाे छ । 

गएकाे वर्ष साउदी अरबले सरकारी तेल कम्पनी अरामकाे शेयरमा सार्वजनिक भागीदारीकाे याेजनाकाे माध्यमबाट २५ दशमलव ६ अर्ब डलर जुटाएकाे थियाे । 

तेल कम्पनीले शेयर बेच्ने याेजना पनि क्राउन प्रिन्सकाे याेजनाकाे प्रमुख हिस्सा थियाे, जसकाे माध्यमबाट देशकाे अर्थव्यवस्थालाई आधुनिक बनाउन र मात्र तेलमा देशकाे निर्भरता कम गर्न चाहन्थे । 

साउदी अरबमा अहिलेसम्म ३९ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया