काेराेना भाइरस : भारतमा सङ्क्रमितकाे सङ्ख्या ६७ हजारभन्दा धेरै, निको हुने ३१.१५ प्रतिशत

 बैशाख २९, २०७७ सोमबार २०:५०:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा काेराेना भाइरसकाे सङ्क्रमण लगातार बढिरहेकाे छ । भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा चार हजार दुई सय १३ जनामा सङ्क्रमण देखिएकाे छ भने एक हजार पाँच सय ५९ जना निकाे भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म २१ हजार जना काेभिड–१९ बाट पूर्णरुपमा ठिक भएर घर फर्किएका छन् । तर काेराेना सङ्क्रमण बढ्ने क्रम नराेकिँदा कुल सङ्क्रमितकाे सङ्ख्या ६७ हजार एक सय ५२ भएकाे छ । यीमध्ये ४४ हजार जना डाक्टरकाे रेखदेखमा छन् । सङ्क्रमितमध्ये दुई हजार दुई सय ६ जनाकाे ज्यान गएकाे छ । 

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, 'भारतमा रिकभरी रेट अब बढेर ३१ दशमलव १५ प्रतिशत पुगेकाे छ ।'

केन्द्रीय स्वास्थ्य मन्त्रालयले अपिल गर्दै भनेकाे छ, 'कसैलाई काेभिड–१९ काे लक्षण देखिएमा तत्काल उपचारकाे लागि पहल गर्नुपर्छ, लुकाउनु हुँदैन । हामीले यसाे गरेनाैँ भने हामी बिरामीमात्र हुँदैनाैँ, परिवारका सदस्यलाई पनि खतरामा पार्छाैँ ।'

भारत सरकारका अधिकारीहरुका अनुसार क्लिनिकल कण्डिशनकाे आधारमा र नयाँ डिस्चार्ज नीतिकाे अनुसार निकै सामान्य र मध्यम लक्षणका राेगीहरुलाई विना काेभिड–१९ परीक्षण घर पठाउन सकिन्छ । यस्ताे विषयमा हाेम आइसाेलेशनकाे संशाेधित दिशानिर्देश जारी गरिएकाे छ, जस अनुसार घरेलु आइसाेलेशनपछि परीक्षणकाे आवश्यकता हुने छैन ।

आराेग्य सेतु एपकाे माध्यमबाट अहिलेसम्म झण्डै १ दशमलव ४ लाख जनालाई काेराेना भाइरसकाे खतराकाे बारेमा सूचना दिइएकाे भारत सरकारले दाबी गरिएकाे छ । साथै एपकाे माध्यमबाट ६ सय ९ सम्भावित हटस्पट्स मार्किङ गरिएकाे जनाइएकाे छ । सरकारका अनुसार झण्डै ९ दशमलव ८ जनाले याे एप डाउनलाेड गरिसकेका छन्, जुन १२ भारतीय भाषामा उपलब्ध छ । 

गृह मन्त्रालयका अनुसार वन्दे भारत मिसन काे माध्यमबाट १० मेसम्म २३ वटा उडान पठाएर विदेशमा रहेका झण्डै चार हजार भारतीयलाई स्वदेश ल्याइसकिएकाे छ । 

रेल मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार अबकाे केही हप्तासम्म प्रत्येक दिन सयभन्दा धेरै रेल चल्नेछन् । रेल चलाउन पनि केही नियम निर्देश गरिएकाे छ । काेराेना लक्षण देखिएकाले रेल यात्रा गर्न पाउने छैनन् । रेलमा सामाजिक प्रतिबन्धकाे पालना र मास्क लगाउन अनिवार्य गरिएकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया