रुसकाे काेराेना अस्पतालमा आगलागी, कम्तीमा ५ जनाकाे ज्यान गयाे

 बैशाख ३०, २०७७ मंगलबार १३:५३:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसकाे सेन्ट पिटर्सबर्ग शहरमा रहेकाे एक काेभिड–१९ अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जनाकाे ज्यान गएकाे छ । 

स्थानीय प्रशासनकाे अनुसार अहिलेसम्म झण्डै एक सय ५० जनालाई अस्पतालबाट सुरक्षितरुपमा निकालिएकाे छ । घटनामा कति जना घाइते भएका छन् भन्नेबारेमा थाहा भइसकेकाे छैन । 

रुसी समाचार एजेन्सीहरुका अनुसार भेन्टिलेटरमा शर्ट सर्किट हुँदा आगलागी भएकाे हाे । घटनामा ज्यान गुमाएका सबै भेन्टिलेटरमा राखिएका बिरामी भएकाे बताइएकाे छ । 

काेराेना भाइरसकाे सङ्क्रमण बढ्ने क्रम नराेकिएकाे रुसमा अर्काे दुःखद घटना घटेकाे हाे । 

काेराेना सङ्क्रमितकाे हिसाबले रुसमा विश्वकाे तेस्राे नम्बरमा उक्लिएकाे छ । साेमबारमात्रै ११ हजार ६ सय ५६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएसँगै रुसमा कुल सङ्क्रमितकाे सङ्ख्या दुई लाख २१ हजार तीन सय ४४ पुगेकाे छ । अहिलेसम्म दुई हजार एक सयभन्दा धेरैकाे ज्यान गइसकेकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया