भारतले सीमा अतिक्रमण गरेकाे विराेधमा उत्रिएका अधिकारकर्मीसहितका व्यक्ति प्रहरीको नियन्त्रणमा

 वैशाख ३०, २०७७ मंगलबार १६:४६:१२ | रासस
unn.prixa.net

काठमाण्डाै – लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएर नगर प्रहरीमा राखिएको प्रहरीले जनाएको छ । काठमाण्डाैमा पहाडीसहित लकडाउन उल्लङ्घन गर्ने ५१ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाण्डाैका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई दिनभर राखेर छाडिने जनाइएको छ ।

केही दिनअघि भारतले सीमा अतिक्रमण गरेको विरोधमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी नेतासहित ३३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । विभिन्न क्षेत्रमा सीमा अतिक्रमणको विरोध भइरहेको छ ।

सरकारले सडक बनाएको विषयमा कुटनीतिक नोट पठाउँदै शान्तिपूर्णरुपमा विवाद समाधानका लागि भारतलाई आह्वान गरेको छ । सरकारले त्याे क्षेत्र नेपालको भूमि भएको प्रष्ट पारिसकेको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया