वुहान शहरका सबैको कोरोना परीक्षण गर्ने चीनको योजना

 बैशाख ३०, २०७७ मंगलबार २०:१:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ- चीनको सरकारी सञ्चारमाध्यमको अनुसार हुबेई प्रान्तमा रहेको वुहान शहरका सबै एक करोड १० लाख नागरिकको कोभिड-१९ परीक्षण गर्ने योजना तयारी गरिँदैछ । 

यो योजना अहिले सुरुवाती चरणमा छ तर कसरी १० दिनभित्र परीक्षणको काम गर्न सकिन्छ भनेर वुहान शहरका सबै जिल्लाबाट जानकारी मगाइएको छ । वुहान शहरको एक समुदायमा रहने ६ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएपछि सरकारले यो योजनाको बारेमा सोच्न बाध्य भयो । 

वुहान शहरमा नै कोभिड-१९ को पहिलो सङ्क्रमण पाइएको थियो र त्यसपछि पूरै शहर ११ हप्तासम्म लकडाउन गरिएको थियो । गएको अप्रिल ८ मा लकडाउनको प्रतिबन्ध पूर्णरुपमा हटाइएको थियो । तर फेरि सङ्क्रमण देखिन थालेपछि स्थानीय प्रशासनको चिन्ता बढेको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया