रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई काेराेना सङ्क्रमण

 बैशाख ३०, २०७७ मंगलबार २०:५३:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पाेस्काेभलाई काेराेना सङ्क्रमण भएकाे पाइएकाे छ । 

स्थानीय सञ्चारमाध्यका अनुसार ५२ वर्षीय पेस्काेभले आफै यसबारेमा जानकारी दिएका हुन् । उनी मस्काेकाे एक अस्पतालमा भर्ना भएका छन् । 

पछिल्लाे केही हप्तादेखि रुसमा काेराेना भाइरस सङ्क्रमणकाे दर निकै बढेकाे छ । पछिल्लाे केही दिनयता दैनिक १० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइरहेकाे छ । 

सङ्क्रमितकाे सङ्ख्याकाे आधारमा रुस विश्वकाे तेस्राे स्थानमा छ । रुसमा अहिलेसम्म दुई लाख ३२ हजार दुई सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाेमा दुई हजार एक सयभन्दा धेरैकाे ज्यान गएकाे छ । 

त्यस्तै सङ्क्रमितमध्ये ४३ हजार पाँच सय १२ जना निकाे भएका छन् भने एक लाख ८६ हजार ६ सय १५ जनाकाे उपचार भइरहेकाे छ । उपचार गराइरहेकामध्ये दुई हजार तीन सय जनाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया