कोरोना जोखिम : पर्सामा निषेधाज्ञा जारी, सेना परिचालन

 बैशाख ३१, २०७७ बुधबार ६:४६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - कोरोना भाइरसको जोखिम बढेपछि पर्सामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर मंगलबार राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुनेगरी पर्सा जिल्लाभर निषेधाज्ञा लागू गरेको जनाएको छ ।

अब पर्सामा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कोही पनि घर बाहिर निस्कन पाउनेछैनन् भने जिल्लाभर सेना परिचालन गरिएको छ ।

कोरोना नियन्त्रणको लागि नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएपनि नटेरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथमा स्थानीय प्रशासन ऐन अनुसार सेना परिचालनसमेत गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

मंगलबार ५७ जनामा पुष्टि भएसँगै पर्सामा मात्रै ८२ जनामा कोरोना पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया