शेयर कारोबार फेरि बन्द, लकडाउन सकिएपछि मात्रै खुल्ने

 जेठ १, २०७७ बिहिबार १०:३६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमडौं - शेयर कारोबार बिहीबारदेखि फेरि बन्द भएको छ ।

धितोपत्र बोर्डले लकडाउन नखुलेसम्मका लागि काराेबार बन्द गर्न निर्देशन दिएको हो । कोरोना सङ्क्रमितको संख्या बढिरहेको र अवस्था जटिल हुनसक्ने खतरा बढेकोले बजार बन्द गर्न निर्देशन दिईएको बोर्डका सूचना अधिकारी दिपा दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।

केही दिनअघि लकडाउन खुकुलो पार्ने सरकारले निर्णय गरेसँगै कारोबार सुरु भएको थियो । सबै आर्थिक गतिविधि बन्द रहेको र अवस्था सामान्य नभएसम्म बजार खुलाउनुको कुनै अर्थ नरहेको सूचना अधिकारी दाहालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया