खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवा...
मंसिर १२, २०८१ बुधबार
काठमाणडाै - कोरोनाको सङ्क्रमण फैलिएका दुई सय १३ देशमध्ये ११ देशमा सबै कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
ती देशमा कोरोना सङ्क्रमित कसैको पनि ज्यान गएको छैन । सबै सङ्क्रमित निको भएसँगै ती देशहरु ग्रीन जोनमा परेका छन् ।
फेराे आइल्याण्ड्समा १ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै निको भएसँगै यो देश ग्रीन जोनमा परेको छ । न्यू क्यालिडोनियामा सेन्ट लुसियामा १८-१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा सबैजना निको भएर घर फर्किएका छन् ।
फल्कल्याण्ड आइल्याण्ड्समा १३ जनाा कोरोना सङ्क्रमितमध्ये सबै निको भएर घर फर्किएका छन् । ग्रीनल्याण्डका ११ जना कोरोना सङ्क्रमित पनि निको भएर घर फर्किएका छन् ।
यस्तै पपुवा न्यूगिनी, क्यारिबियन नेदरल्याण्ड्सका ६, सेन्ट बार्थका ६, वेस्टर्न सहाराका ६, अङगिलाका ३, सेन्ट पिएरे मिकेलनका १ जना पनि निको भएर घर फर्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।