काेराेना महामारीबाट बाहिर निक्लिन समय लाग्नेछ : विश्व स्वास्थ्य सङ्गठन

 जेठ १, २०७७ बिहीबार १३:४६:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिँदै काेराेना भाइरस कहिल्यै समाप्त नहुने हाे कि ? भन्ने सम्भावना रहेकाे बताएकाे छ । साथै विशेषज्ञहरुले याे महामारीबाट विश्वभर मानसिक स्वास्थ्यकाे सङ्कट उत्पन्न हुने बताएका छन् । 

बुधबार ग्लाेबल हेल्थले काेराेना भाइरस कहिले समाप्त हुन्छ भनेर आँकलन गर्न नसकिने जनाएकाे छ । विश्व स्वास्थ्य सङ्गठनका आपत्कालीन प्रमुख (इमरजेन्सी चीफ) माइकल रायनले भने, 'हामी याे चीजलाई लिएर स्पष्ट र तयार रहनु आवश्यक छ । काेराेना हाम्राेबीच क्षेत्र विशेषकाे एक अन्य भाइरस बन्ने र कहिल्यै समाप्त नहुने हाे कि भन्ने सम्भावना रहेकाे छ । याे कहिले समाप्त हुन्छ भनेर ठाेकुवा गर्न सकिँदैन । यसकाे कुनै तारिख छैन । याे राेग हामीहरुबीच लामाे समयकाे सङ्कट बन्न सक्छ ।'  

विश्व स्वास्थ्य सङ्गठनकाे मानसिक स्वास्थ्य विभागकाे एक अन्य रिपाेर्टमा संयुक्त राष्ट्रकाे अर्काे खतरनाक सङ्कटलाई लिएर सचेत गराइएकाे छ । मानसिक स्वास्थ्य विभागका निर्देशक डेवाेरा केस्टलका अनुसार– एक्लाेपन, डर, अनिश्चितता, आर्थिक उतारचढाव यी सबै मनाेवैज्ञानिक समस्याकाे कारण बन्न सक्छ । उनका अनुसार आउँदा दिनमा बालबालिका, युवा र स्वास्थ्यकर्मीमा पनि मानसिक कमजाेरी देखिने सम्भावना छ । 

उनी अघि भन्छन्, 'पूरै विश्वका नागरिककाे मानसिक स्वास्थ्य र जीवन याे महामारीबाट प्रभावित भएकाे छ र यसलाई प्राथमिकता दिनु आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख एडहनम गिब्रेयसले भने, 'कैयाैँ देश लकडाउनबाट बाहिर निक्लनका लागि विभिन्न उपाय अपनाइरहेका छन् । तर विश्व स्वास्थ्य सङ्गठन सबै देशलाई सचेत रहन र उच्चस्तरकाे सतर्कता अपनाउन सुझाव दिन्छ ।'

रुसमा काेराेना सङ्क्रमितकाे सङ्ख्या बढेर दुई लाख ४२ हजार दुई सय नाघेपछि याे बयान सार्वजनिक भएकाे हाे । सङ्क्रमणकाे हिसाबले रुस विश्वकाे दाेस्राे देश बनेकाे छ भने अमेरिका सबैभन्दा बढी प्रभावित भएकाे छ ।

अमेरिकामा १३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाेमा ९० हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । रुसमा ज्यान गुमाउनेकाे सङ्ख्या दुई हजार दुई सय १२ छ । तर अधिकारीहरुले अप्रिल महिनामा भएकाे मृत्युमध्ये ६० प्रतिशत मृत्युकाे कारण अरु नै थियाे । 

रुसमा मस्काे सबैभन्दा अधिक प्रभावित छ, जहाँ एक हजार दुई सय ३२ जनाकाे ज्यान गएकाे छ । रुसकी स्वास्थ्य मन्त्री तात्याना गाेलिकाेवाले तथ्यकाङ्कमा हेरफेर गरिएकाेबारेमा अस्वीकार गरेकी छिन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया