विदेशमा अलपत्र परेकालाई स्वदेश ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

 जेठ १, २०७७ बिहीबार १६:३३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा अलपत्र परेका नागरिकलाई नेपाल ल्याउन निर्देशन दिएको छ ।

बिहीबार बसेको समिति बैठकले विदेशमा अलपत्र परेकालाई ल्याउन, क्वरेण्टीन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो । यस्तै विदेशमै बस्न चाहानेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्न पनि समितिले निर्देशन दिएको छ ।

कोरोना महामारीका कारण अहिले विदेशमा विभिन्न कारणले चार लाखभन्दा धेरै नेपाली स्वदेश फर्कन सक्ने सरकारको अनुमान छ । भिसाको म्याद सकिंदा, कोरोनाको कारण कम्पनी र काम बन्द हुँदा कतिपय श्रमिकलाई खान र बस्नको समेत समस्या भइरहेको छ ।

कुवेतमा आममाफीमा सहभागी भएकाहरु नेपाल फर्कने दिन कुरिरहेका छन् । मलेसिया र यूएईले पनि भिसा सकिएकालाई स्वदेश फर्कन निर्देशन दिइसकेका छन् ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Shiva Kumari Parajuli

    May 15, 2020, 4:08 a.m.

    देशको पहिलो सम्पत्ति आफ्ना नागरिक हुन ..सरकार बोलाउ न दुखीलाई जिउँदै नमार ....आफ्नै छोराछोरी हुन भनेर सम्झे नत्र तिमीलाई नेपाल आमाको सराप लाग्नेछ / तीनै नै हुन तिमीलाई आफ्नो गर्जन बनाउने ...माया गर उनीहरुलाई /

  •  0 Reply

तपाईको प्रतिक्रिया