तस्बिरमा काेराेना भाइरस महामारी

 जेठ १, २०७७ बिहीबार १९:०:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – याे माथिकाे तस्बिरमा देखिएका जस्ता हजाराैँ, लाखाैँ काेराेनाविरुद्ध लड्ने याेद्धाहरु अग्रपंक्तिमा रहेर महामारीकाे सामना गरिरहेका छन् । यिनीहरुमा नर्सिङ स्टाफदेखि वार्ड ब्वाइ डाक्टरदेखि प्यारामेडिक्स र सहायकदेखि आईसीयूमा स्टाफसम्मकाे सहभागिता रहेकाे छ । 

बेलायतका प्रधानमन्त्री बाेरिस जाेनसनले लकडाउन प्रतिबन्धमा केही छुट दिए पनि सार्वजनिक ठाउँमा अझै पनि मास्क (मुखावरण) लगाउन जरुरी छ ।  

भारतमा रेल सेवालाई आंशिक रुपमा सुरु गरिएकाे छ । प्रवासी मजदुरहरुका लागि श्रमिक रेल चलाइएकाे छ र याेबाहेक १५ वटा विशेष रेल सेवा पनि सुरु गरिएकाे छ । याे तस्बिर नयाँ दिल्ली रेल स्टेशनबाहिर कुरिरहेकाे एक परिवारकाे हाे । 

पाकिस्तानमा प्रतिबन्ध केही खुकुलाे बनाइएपछि सयाैँ मानिस सडकमा निस्किएकाे देख्न सकिन्छ । याे तस्बिर लाहाेरकाे हाे, लकडाउन प्रतिबन्ध केही खुकुलाे बनाइएपछि सडकमा निस्किएका मानिसकाे भिडकाे दृश्य । 

याे अमेरिकी राज्य न्युयाेर्ककाे एक अस्थायी अस्पतालकाे बेडकाे तस्बिर हाे । विश्वका कैयाैँ ठाउँमा काेराेना बिरामीहरुले पूर्णरुपमा उपचार पाउन सकुन् भनेर अस्थायी अस्पताल बनाइएकाे छ । 

याे तस्बिर बेल्जियमकाे एक जाेडीकाे हाे । काेराेना भाइरसकाे सबैभन्दा धेरै खतरा वृद्धवृद्धामाथि छ । 

दुई सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा काेराेना भाइरस फैलिँदा ४४ लाख ४६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमितमध्ये १६ लाख ७० हजारभन्दा धेरै उपचारपछि निकाे भएका छन् भने अहिलेसम्म दुई लाख ९८ हजारभन्दा धेरैकाे ज्यान गइसकेकाे छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया