आठ दिनमा ३ पटक जापान जाँदै नेपाल एअरलाइन्सको वाइडबडी जहाज

 जेठ १, २०७७ बिहिबार १८:३४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल एअरलाइन्सले जापानमा तीन वटा उडान गर्ने भएको छ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज मे १५ तारिख अर्थात शुक्रबार, १७ तारिख र २२ तारिखमा जापानको नारिता जान लागेको हो । 

नेपालमा रहेका जापानी नागरिक र केही नेपालीलाई बोकेर जहाज जापान जाने निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।

‘नेपालमै अड्किएका केही जापानी नागरिक, जापानमा स्थायी बसोबास गर्ने नेपाली मुलका नागरिक र जापानमा अध्ययन तथा काम गर्ने नेपालीहरु रि-इन्ट्रीमार्फत जापान जानको लागि हाम्रा तीन वटा उडान बुकिङ भएको छ’, कार्यकारी अध्यक्ष घिमिरेले भन्नुभयो । हरेक उडानमा दुई सय ५० काे हाराहारीमा यात्रु रहने पनि उहाँले बताउनुभयो । 

रि-इन्ट्रीमा जापान जाने नेपालीकोे सूची पनि नेपालमा रहेको जापानी दूतावासले नै एअरलाइन्सलाई पठाएको छ । उनीहरुमध्ये केही अध्ययनको लागि र केही रोजगारीको लागि जानेहरु छन् । 

कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले विदेशबाट यात्रु ल्याउन प्रतिबन्ध लगाएकाले फर्कँदा भने नेपाल एअरलाइन्सका जहाज रित्तै फर्कनेछन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bikash Poudel

    May 15, 2020, 2:30 a.m.

    हामी पनि जानु पर्ने थियो प्रक़्रिया के कसरी छ होला जानकारी पाउन पाए आभारी हुने थिए

  •  0 Reply

तपाईको प्रतिक्रिया