काेराेना भाइरस खाेप : अक्सफाेर्ड विश्वविद्यालयलाई ठूलाे सफलता

 जेठ २, २०७७ शुक्रबार १५:७:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिका र बेलायतका केही शाेधकर्ताहरुले समाचार एजेन्सी राेयटर्ससँग अक्सफाेर्ड विश्वविद्यालयमा काेराेना भाइरसकाे खाेपकाे बारेमा भइरहेकाे कामकाे बारेमा बताएका छन् । उनीहरुले सुरुवाती निष्कर्ष आशाजनक भएकाे बताएका छन् । 'शाेधकर्ताहरुले ६ वटा बाँदरकाे एक समूहमा याे खाेपकाे प्रयाेग गरेका थिए र अहिले त्याे खाेपले काम गरिरहेकाे छ ।'   

अब याे खाेप मानिसमा परीक्षण भइरहेकाे छ । साथै केही अन्य वैज्ञानिकहरुमार्फत् आउँदा दिनमा याे खाेपकाे जाँच गरिनेछ । बेलायतकाे औषधि निर्माता एझेडएनएलले गएकाे महिना अक्सफाेर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका साेधकर्ताहरुसँग मिलेर काेराेना भाइरसकाे खाेपकाे बारेमा काम सुरु गरिएकाे बताएकाे थियाे । 

बाँदरमाथि परीक्षण 

शाेधकर्ताहरुले आफ्नाे रिपाेर्टमा भनेका छन्– '६ वटा बाँदरलाई भारी डाेज दिनुअघि याे खाेप लगाइएकाे थियाे । याे खाेपबाट केही बाँदरकाे शरीरमा एन्टिबडी विकसित हुन १४ दिन र केहीमा २८ दिन लाग्याे ।'

शाेधकर्ताहरुकाे अनुसार, 'काेराेना भाइरसकाे सम्पर्कमा आएपछि याे खाेपले ती बाँदरहरुकाे फाेक्साे क्षति हुनबाट बचायाे शरीरमा भाइरसकाे कपी बन्न र बढ्न राेकियाे । तर भाइरस अहिले पनि नाकमा सक्रिय देखिएकाे छ ।' 

लण्डन स्कुल अफ् हइजिन एण्ड ट्रपिकल मेडिसिनका प्राेफेसर डाक्टर स्टिफिन इभान्सले भने, 'बाँदरमा गरिएकाे अनुसन्धानपछि आएकाे नतिजा निश्चित रुपमा एक राम्राे खबर हाे । याे अक्सफाेर्ड भ्याक्सिनकाे लागि एक ठूलाे वाधाजस्तै थियाे जसलाई उनीहरुले राम्राे ढङ्गले पार गरेका छन् ।' 

सफल हुने सम्भावना ?

खाेप विकसित गर्ने प्रक्रियामा बाँदरमाथि सफल हुनु निकै महत्तवपूर्ण मानिन्छ । तर वैज्ञानिकहरुकाे जानकारी अनुसार कैयाैँ खाेप जसले बाँदरलाई रक्षा गर्दथ्याे तर अन्नतः मनुष्यकाे रक्षा गर्न विफल हुन्थ्याे । 

प्राेफेसर इभान्स भन्छन्, 'याे विषयमा एउटा कुरा राम्राे छ । त्याे के हाे भने जुन खाेपले काम गर्दैन त्यसले सुरक्षा दिनुकाे साटाे कैयाैँ पटक बिरामीलाई अझ गम्भीर बनाउँछ । सार्स–काेभ–२ काे खाेप विकसित गर्न एक सैद्धान्तिक चिन्ता त रहन्छ नै र याे अध्ययनमा कुनै नकारात्मक प्रमाण नभेटिनु निके उत्साहजनक छ ।'

गएकाे मे १३ सम्म शाेधकाे लागि स्वइच्छाले आएका झण्डै एक हजार जनामा परीक्षणकाे रुपमा याे खाेप लगाइएकाे शाेधकर्ताहरुले बताएका छन् । उनीहरुकाे अबकाे एक महिनासम्ममा केही स्पष्ट निष्कर्षमा पुग्ने आश गरेका छन् । 

अन्य धेरै ठाउँमा पनि काम हुँदै 

विश्वका केही अन्य देशमा पनि काेराेना भाइरसकाे खाेप परीक्षण भइरहेकाे छ र त्याे मानव परीक्षणकाे अवस्थासम्म पुगेकाे छ । 

माेडर्ना कम्पनीकाे एमआरएनए.ओ, फाइजर कम्पनीकाे पीईई.एन, बायाेएन. टेक कम्पनीकाे २२यूएवाई.एफ र चीनकाे कानसिंनाे बायाेलजिक्स कम्पनीकाे ६१८६.एचके खाेपकाे अहिले परीक्षण भइरहेकाे छ । काेराेना भाइरसँग लड्न विश्वभर सयभन्दा धेरै खाेपमाथि काम भइरहेकाे छ । 

तर ४० लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् र तीन लाखभन्दा धेरैकाे ज्यान गइसकेकाे भाइरसकाे खाेप बनाउनेकाे सामु कति मात्रााम यसकाे डाेज तयार गर्ने भन्ने ठूलाे चुनाैती हुनेछ । 

सामान्य रुपमा कामकाजी खाेप विकसित गर्न १० वर्षसम्मकाे समय लाग्न सक्छ । तर महामारीकाे याे भयानक अवस्थालाई मध्यनजर गर्दै शाेधकर्ताहरु चाँडै नै खाेप विकसित गर्न युद्धस्तरमा खटिरहेका छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया