कृषि उत्पादनको समर्थन मूल्य तोकिने, किसानले घाटा बेहोर्नु नपर्ने

 जेठ २, २०७७ शुक्रबार १८:३८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कृषि उत्पादनको समर्थन मूल्य तोक्ने भएको छ । अव्यवस्थित बजारीकणको व्यवस्थापन गर्दै कृषकको लगानी खेर नजाने गरी कृषि उत्पादनको समर्थन मूल्य तोकिने भएको हो ।

वस्तुको उत्पादनको लागत मूल्याङ्कन गरी कृषिजन्य वस्तुमा समर्थन मूल्य ताेक्न लागेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले सङ्कलन केन्द्र, बिक्री केन्द्रलगायतको पूर्वाधार विकास गर्दै समर्थन मूल्य तोकिने बताउनुभयो ।

किसानले उत्पादन गरेको सामग्री बजारसम्म समर्थन मूल्यमा पुर्‍याउने र कुनै प्रकोप आइपरे पनि किसान घाटामा नजाने गरी सरकारले बजेट ल्याउने भएको हो ।

अव्यवस्थित बजारका कारण किसानले अहिले आफ्नो लगानी पनि उठाउन नसक्ने अवस्था रहेकोले प्रणाली सुधार गर्न लागिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया