कोरियामा १०४ वर्षीया कोरोना सङ्क्रमित निकाे

 जेठ ३, २०७७ शनिबार ६:३५:९ | रासस
unn.prixa.net

काठमाण्डाै -  दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना सङ्क्रमित वृद्धाको सफल उपचार भएको छ ।

चोई नाम गरेकी उनकाे ६७ दिनको उपचारपछि  पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज हुनुभएको हो । उहाँ दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुनुहुन्छ  ।

सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । त्यसपछि उहाँलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई सुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो ।  स्वास्थ्यकर्मीको मेहनतका साथ उपचारका कारण उनी ठीक भइन् । 

चोईको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो । उनको नवौँ पटकबाट कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आयो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको अनुमति दिएको हो ।

डिस्चार्जका समयमा पुष्पगुच्छासहित उनलाई सम्मान गरिएको थियो । उनले पनि उपचारमा संलग्न सबैलाई धन्यवाद दिइन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया