एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरी नगरपालिका ७ गतेसम्म सिल गरिएको छ ।
अर्को सूचना नआएसम्म आज दिउँसो १२ बजेदेखि ७ गते बिहान ६ बजेसम्म घर बाहिर हिँडडुल गर्न रोकिएको नगर प्रमुख घनश्याम गिरीले बताउनुभयो । बिरामी हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गर्ने, स्यानेटाइजर, माक्स र पञ्जा लगाएर मात्र हिँड्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
नगरपालिका भित्रका औषधी पसलबाहेक अन्य पसल र विकास निर्माणका काम गर्न रोक लगाउने निर्णय भएको छ । काठमाण्डौको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले ६ जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि कडाइ गरेको हो ।
सरकारले नागढुङगा नाकामा गरेको कडाइ निरन्तर रहेको र नगरपालिकाभित्र पनि सतर्कता अपनाएको नगरप्रमुख गिरीले बताउनुभयो ।
चन्द्रागिरी नगरपालिकाभित्र मच्छेगाउँका एक, दहचोकका एक, बलम्बुका एक, सर्तुगलमा एक र दुई जना सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत व्यक्तिमा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । तीमध्ये एकजना अस्पतालमा कार्यरत र अर्को एकजना भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।