तुफान आएकाे छैन, आउँदैछ : राहुल गान्धी

 जेठ ३, २०७७ शनिबार १४:७:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय कांग्रेस नेता राहुल गान्धीले शनिबार भिडियाे कन्फ्रेन्सकाे माध्यमबाट पत्रकार सम्मेलन गरे, जसमा देशभरका पत्रकारहरुले उनीसँग प्रश्न साेधेका थिए । 

उनले पत्रकार सम्मेलनमा भने, 'तुफान आएकाे छैन, आउँदैछ । ठूलाे मात्रामा आर्थिक क्षति हुँदैछ, यसलै सबैलाई चाेट पुग्नेछ ।' केन्द्र सरकारकाे आर्थिक प्याकेजमा ऋणकाे चर्चा गरिएकाे भए पनि त्यसबाट माग पूरा नहुने उनले बताए । आफूहरुले पैसा नदिँदा र माग बढ्दा देशले ठूलाे आर्थिक क्षति बेहाेर्नुपर्ने राहुल गान्धीले बताए ।

'काेराेनाले भन्दा धेरै क्षति हुनेछ । पैसा जबसम्म जनताकाे गाेजीमा पुग्दैन तबसम्म समस्या दूर हुँदैन । पैसा सिधै गरिबकाे गाेजीसम्म पुग्नु जरुरी हुन्छ । याे प्याकेजबारे फेरि चर्चा हुनुपर्छ', उनले भने । 

अहिलेकाे अवस्थामा माग र वितरण दुवै बन्द रहेकाे र माग सुरु नहुँदा वितरण पनि गर्न नसक्नु नकै खतरनाक भएकाे उनले बताए । राहुलले भने, 'यसर्थ मानिसहरुकाे गाजीमा पैसा दिनुपर्छ । जस्तै इन्जिन चल्नकाे लागि तेल चाहिन्छ । तेल भएन भने इन्जिन चल्दैन ।'

आर्थिक प्याकेज घाेषणापछि पनि मानिसहरुकाे अनुहारमा चिन्ता देखिएकाे राहुल गान्धीले बताए । 'उनीहरु सन्ताेष छैनन् । यसकाे कारण याे क्रेडिट प्याकेज हाे, पैसा दिइएकाे छैन, पैसा त मिल्ला तर कर्जासहित मिल्नेछ । तर पैसाकाे आवश्यकता अहिले नै छ । याे दाेषाराेपणकाे समय हाेइन, समस्या निकै ठूलाे छ । बीजेपी सरकारमा छ र औजार पनि उसकाे हातमा छ । उसकाे जिम्मेवारी धेरै छ', उनले भने । 

जाे मानिसहरु सडकमा हिँडिरहेका छन्, उनीहरुकाे मद्दत गर्नु सबैकाे कर्तव्य भएकाे उनले बताए । उनका अनुसार उनीहरुलाई पैसा दिनु र उनीहरुकाे हात समाउनु निकै जरुरी छ ।

लकडाउनकाे सम्बन्धमा उनले भने, 'लकडाउन हटाउनुपर्छ तर हाेसियारी र समझदारीपूर्वक हटाउनुपर्छ । याे कुनै आयाेजना हाेइन, याे एक जटिल प्रक्रिया हाे । हामी वृद्धवृद्धा, मुटुका बिरामी, किड्नीका बिरामीकाे ज्यान गएकाे हेर्न चाहँदैनाैँ । विना समझदारी लकडाउन हटाइए निकै क्षति हुनेछ ।' 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया