मध्य प्रदेशकाे ९ जिल्ला काेराेनामुक्त घाेषित

 जेठ ३, २०७७ शनिबार १८:५६:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतकाे मध्य प्रदेश सरकारले नाै जिल्लालाई काेराेना भाइरसबाट मुक्त भएकाे घाेषणा गरेकाे छ । यी नाै जिल्लामा पहिला काेराेना सङ्क्रमण पाइएकाे थियाे । 

प्रदेशका अतिरिक्त मुख्य सचिव (स्वास्थ्य) माेहम्मद सुलेमानले शुक्रबार आयाेजित समीक्षा बैठकमा भने, 'प्रदेशकाे नाै जिल्ला– बडवानी, आगर–मालव, शाजापुर, श्याेपुर, अलीराजपुर, हरदा, शहडाेल, टीकमगढ र बैतूल अब सङ्क्रमणबाट मुक्त भएका छन् ।'

यी नाै जिल्लाबाहेक प्रदेशका अन्य आठ जिल्लामा अहिलेसम्म काेभिड–१९ काे कुनै पनि सङ्क्रमण नदेखिएकाे उनले बताए । उनका अनुसार राज्यमा काेराेना भाइरस जाँचमा वृद्धि गरिएकाे छ । शुक्रबार कम्तीमा पाँच हजार आठ सय २२ जनालाई नमुना जाँचका लागि एकत्र गरिएकाे थियाे भने अहिलेसम्म कुल ९३ हजार आठ सय ४९ नमुनाकाे जाँच गरिएकाे छ । 

सुलेमानका अनुसार शुक्रबारसम्म राज्यमा काेराेना भाइरसकाे कुल चार हजार पाँच सय ९५ सङ्क्रमित भेटिएका छन् । यीमध्ये ४५ प्रतिशत बिरामीकाे अझै उपचार भइरहेकाे छ । स्वास्थ्य विभागकाे आँकडा अनुसार मे १ सम्म प्रदेशकाे ३२ जिल्लामा काेभिड–१९ काे सङ्क्रमण देखिएकाे थियाे भने मे १५ सम्म याे महामारी प्रदेशकाे कुल ५२ जिल्लामध्ये ४४ जिल्लामा फैलिएकाे थियाे । 

प्रवासी श्रमिक आउन थालेपछि काेराेना भाइरसकाे सङ्क्रमणकाे नयाँ मामिला देखिन थालेकाे एक अधिकारीले बताए । शुक्रबार दमाेह जिल्लामा पहिलाे सङ्क्रमण देखिएकाे थियाे । मुम्बईबाट आएका एक प्रवासी कामदारमा सङ्क्रमण पाइएकाे थियाे । अधिकारीहरुका अनुसार शुक्रबारसम्म प्रदेशमा शुक्रबारसम्म दुई सय ३९ जनाकाे ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया