नेपाली सेनाका २ जनामा काेराेना पुष्टि

 जेठ ३, २०७७ शनिबार १७:५२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाका दुई जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

शनिबार काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । उनीहरु दुवै जना नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय धनुषामा कार्यरत थिए ।

दुवै जनामा कोरोना पुष्टि भएको खबर आएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । ‘कोरोना पुष्टि भएका दुई जना हाम्रै सङ्ठगनका भएको पुष्टि भएको छ, उनीहरु दुवै जनालाई सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा ल्याइँदैछ’, प्रवक्ता पाण्डेले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया