खाडीका देश र मलेसियामा एक हजार ८७ नेपाली कोरोना सङ्क्रमित : दूतावास

 जेठ ३, २०७७ शनिबार १८:६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खाडीका देश र मलेसियामा कार्यरत एक हजार ८७ जना नेपालीमा कोरोना सङ्क्रमण भएको त्यहाँ रहेका नेपाली दूतावासले पुष्टि गरेका छन् ।

दूतावासका अनुसार अहिलेसम्म साउदीमा ६७४, बहराइनमा २४५, यूएईमा १५, कुवेतमा ८४, कतारमा १५, मलेसियामा ५४ जना गरी एक हजार ८७ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको हो ।

जसमध्ये एक हजार ६१ जनाको अस्पतालमा उपचार भइरहेको छ । २० जना निको भएर काममा फिरेका छन् भने यूएईमा कोरोनाका कारण पाँच र साउदीमा १ जना गरी ६ जनाको ज्यान गएको छ ।

कतार, यूएई, ओमानले अहिले सङ्क्रमित नेपालीको राष्ट्रियता छुट्याउँदैनन् । त्यसो हुँदा यी देशमा कति नेपाली सङ्क्रमित छन् भन्ने दूतावाससँग यकिन तथ्याँक छैन ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्याँक अनुसार सबैभन्दा धेरै कतारमा नेपाली सङ्क्रमित भएको देखाएको छ । सङ्क्रमितको राष्ट्रियता नखुलाएको देश कतारमा एनआरएनएको स्वास्थ्य समितिका अनुसार २३ सय जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने यूएईमा १ सय ४९ जनामा सङ्क्रमण भएको समितिको तथ्याँक छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया