वाणिज्य विभागले आइतबारदेखि पास दिने

 जेठ ३, २०७७ शनिबार २०:५७:५४ | रासस
unn.prixa.net

काठमाण्डाै – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पास उपलब्ध गराउने भएको छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा दर्ता भएका फर्म तथा कम्पनीलाई पुनः नयाँ पासको व्यवस्था गरिएको जनाइएको छ ।

दर्ता भएका फर्मले आफू सदस्य रहेको सम्बन्धित छाता संस्थाबाट प्रयोजन खुलाएर विभागमा निवेदन दिएपछि मात्र सवारी पास अनुमति दिने व्यवस्था गरिएको सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार फर्म वा कम्पनीले नेपाल उद्योग वाणिज्य महासङ्घ, घरेलु तथा साना उद्योग व्यवसायी महासङ्घ, नेपाल समुद्रपार निकासी पैठारी सङ्घ र नेपाल चेम्बर अफ् कमर्सबाट विभागले उपलब्ध गराएको ढाँचामा प्रयोजन खुलाएर निवेदन दिएपछि विभागले औचित्यका आधारमा व्यहोरा खोली आवश्यक सङ्ख्यामा नीलो रङ्गको पास जारी गर्नेछ ।

विभागले पालिकाले तोकेको समयमा वा समय नतोकेकामा बिहान र साँझ व्यावसायिक कारोबार सञ्चालनमा ल्याउने, कारोबार गर्दा मूल्यसूची राख्ने, बिलबीजक जारी गर्ने र म्याद गुज्रेका सामान अलगै राखी वितरकलाई नै फिर्ता गर्ने प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

बिक्रीस्थलमा काम गर्ने व्यक्तिलाई सामाजिक दुरी कायम गरी मास्क, पञ्जा, स्यानिटाइजर तथा नियमित हात धुन र सकभर विद्युतीय कारोबार गरी ग्राहकलाई सेवाको व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।

एम्बुलेन्स, शव वाहन एवं औषधि तथा औषधिजन्य सामग्री, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्यास, खाद्य वस्तु, निर्माण सामग्रीलगायत सवारी साधनलाई सवारी पास आवश्यक नपर्ने जनाइएको छ ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

4 Comments

  • Ranjit kumar raut

    May 18, 2020, 8:07 p.m.

    म काम गरेको कम्पनी चलिरहेको छ , जानलाइ पास उपलब्ध गराइदिनुपर्यो /

  •  0 Reply
  • Saroj lama

    May 17, 2020, 5:53 p.m.

    छोरीको एक वर्ष भएको सुइ दिनुपर्ने ..गाउँमा पुर्याउन जानुपर्ने ...पाएको छैन /

  •  0 Reply
  • Shiwam Mittal

    May 17, 2020, 5:30 p.m.

    Online delivery for goods

  •  0 Reply
  • यज्ञराज ओझा

    May 17, 2020, 1:18 p.m.

    कम्पुटर तथा पिरिन्टर / एसी फृज तथा अन्य मसिन मर्मत कालागी

  •  0 Reply

तपाईको प्रतिक्रिया