धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु कोरोनाबाट भएको पुष्टि

 जेठ ३, २०७७ शनिबार २१:१८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  नेपालमा कोरोना भाइरसका कारण  एक जनाको ज्यान गएको पुष्टि भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार उहाँ १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर सुत्केरी हुनुभएको थियो । २५ गते डिस्चार्ज भएर घर फर्कनुभएको थियो ।

तर उहाँलाई ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको ३ दिनपछि उहाँको निधन भएको हो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उहाँको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उहाँको रिपोर्ट पोजेटिभ नै आएको छ ।  

यसैबीच थप दुई जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । ३६ जना निको भएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

2 Comments

  • सरूसुधा

    May 17, 2020, 5:31 a.m.

    गर्भवती तथा सुत्केरी महिलाका लागि यो अवस्था निकै जोखिमपूर्ण बनेको छ।अस्पतालमा पनि सुरक्षित छैनन्। आवश्यक स्वास्थ्य सेवा कसरी प्राप्त गर्नू??

  •  0 Reply
  • jeewan

    May 16, 2020, 9:38 p.m.

    अब नेपालमा पनि कोरोनाको कहर शुरु भयो ..अगामी दिनमा नागरिकको सुरक्षा प्रति सरकारको ध्यान जाओस / लकडाउनको पालना पनि सबै नागरिकका साथ गरौँ /

  •  0 Reply

तपाईको प्रतिक्रिया