बेलहियाबाट १ हजार नेपाली घर फिर्ता

 जेठ ४, २०७७ आइतबार ६:२५:५७ | रासस
unn.prixa.net

रुपन्देही - रोजगारीका सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपाली रोजगारदाता कम्पनी बन्द भएपछि धमाधम घर फर्किएका छन् ।

कम्पनीले बेतलबी बिदा दिएपछि घर जान हिँडेकाहरु केही दिनदेखि सीमावर्ती भारतीय क्षेत्रमा बनाइएका क्वरेन्टीनमा बसेका थिए ।  एक हप्तादेखि उनीहरु स्वदेश फिर्ता हुने क्रम बढेको हो । अहिलेसम्म रुपन्देहीको बेलहिया नाकाबाट एक हजार २०९ जना स्वदेश फिर्ता भइसकेका छन् ।

दिनभर सीमा क्षेत्रमा स्वदेश फर्कनेको लर्को लागेकोे बेलहियाका रामबहादुर बस्नेतले बताउनुभयो । शनिबार क्षेत्रमा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी प्रवासी नेपालीलाइ लिन पुग्नुभएको थियो । 

यसैबीच नेपालका विभिन्न क्वरेन्टीनमा बसेका १३२  भारतीय  घर फर्केका छन् । स्वास्थ्य जाँच गरी रिपोर्ट नेगेटिभ आएको हुनाले तिनलाई आफ्नो देश पठाइएको हो ।  शुक्रबार मात्रै भारतबाट २ सय ३९ जना प्रवासी स्वदेश फिर्ता भएका थिए ।

शुक्रबार आएकामध्ये २१३ जना कञ्चन गाउँपालिका र २६ जनालाई सिद्धार्थनगर नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । बेलहिया नाकाबाट यसअघि पहिलो चरणमा ३ सय १०, दोस्रो चरणमा ४ सय ९५, तेस्रो चरणमा २ सय ३९ र चौथो चरणमा १ सय ६५  जना प्रवासी घर फर्केका छन् ।   

अन्तिम अपडेट: चैत १८, २०८०

1 Comments

  • प्रवेश धामी

    May 17, 2020, 6:59 a.m.

    यो निकै नै स्वागतयोग्य काम हो आफ्ना नागरिकको स्वास्थ्य परिक्षण गरि नेपालमै क्वारेन्टाइन हुनुपर्छ । सिमामा अड्केका र भारतका अन्य ठाँउमा फसेका नागरिकको चुस्तदुरुस्त उद्धार हुनुपर्छ ,धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया