धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, चलखेल भएको माओवादीको...
मंसिर ११, २०८१ मंगलबार
कास्की - जिल्ला प्रहरी कार्यालय कास्कीले लकडाउनका समयमा जिल्लाबाट ४८ हजार ८ सय १७ जना बाहिरिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरेर गत चैत ११ देखि वैशख ३१ सम्म जिल्लामा ३२ हजार ६ सय २४ मानिस बाहिरबाट आएको तथा सानाठूला १२ हजार ७ सय १८ सवारी साधन भित्रिएको र कास्कीबाट १४ हजार ५ सय १५ सवारी जिल्ला बाहिरिएको तथ्याङ्क रहेको छ ।
सो समयमा पासको दुरुपयोग गर्ने २ सय ७३ जनालाई कास्की प्रहरीले कारबाही गरिएको जनाएको छ । त्यस्तै सवारी चालक अनुमतिपत्र नलिएका, म्याद सकिएको पास प्रयोग गरेका, अर्कै व्यक्तिको सवारी पास प्रयोग गरेका, एउटा सवारी साधनको पास लिएर अर्को सवारी साधन चलाएका, तोकिएको स्थानभन्दा अर्कै स्थानमा सवारी चलाएका र क्षमताभन्दा बढी यात्रु बोक्ने र प्रयोजन विपरीत सवारी चलाउनेहरु कारबाहीमा परेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले गत वैशाख दोस्रो सातादेखि निर्माणलाई सहज बनाउने निर्णय गरेपछि पोखरामा लकडाउन केही खुकुलो देखिएको थियो । देशमा कोरोनाको सङ्क्रमण दर बढ्न थालेपछि कास्की प्रशासनले वैशाख ३१ अघिका पास खारेज गरेर लकडाउनलाई कडाइ गरेको छ ।
यस अवधिमा अपराधसम्बन्धी ८५ ओटा मुद्दा दर्ता भएका छन् जसमध्ये चैतमा मात्र ६७ मुद्दा दर्ता भएका छन् । बैंकिङ कसुरका १० मुद्दा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।