‘अम्पोन’ चक्रवातका कारण आज नेपालको मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने

 जेठ ६, २०७७ मंगलबार ७:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बंगालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको असर नेपालमा पनि पर्न थालेको छ ।

यसको असरले अहिले काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा मेघगर्जनसहित मौसम बदली भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातको प्रभावका कारण आजदेखि नेपालमा पनि पानी पर्न थाल्ने र पूर्वी तथा मध्य क्षेत्रमा लगातार पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

लगातार पानी परे पनि ठूलो पानी भने कतै पनि नपर्ने उहाँले बताउनुभयो । पश्चिमको तुलनामा पूर्व र मध्य क्षेत्रमा यसको प्रभाव धेरै पर्ने अनुमान गरिएको छ । तर चक्रवात अघि बढ्ने अनुमान गरिएकोभन्दा अलि फरक तरिकाले अघि बढिरहेको मौसमविद मानन्धरले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया