'लकडाउन'मा डोटीको त्रिवेणी एफएमले सुरु गर्‍याे पठनपाठन

 जेठ ६, २०७७ मंगलबार २०:४२:३५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको सामुदायिक रेडियो त्रिवेणी एफएमले ‘रेडियो पाठशाला’ कार्यक्रमार्फत विद्यार्थीलाई पढाउन सुरु गरेको छ । रेडियोले लकडाउनकाे कारण प्रभावित भएको पठनपाठनलाई निरन्तरता दिने उद्देश्यसहित कार्यक्रममार्फत पढाउन सुरु गरेको हो । 

डोटीकाे बोगटान फुड्सिल, सायल तथा पूर्वीचौकी गाउँपालिकाको सहयोगमा रेडियोले आइतबारदेखि कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई पढाउन सुरु गरेको छ ।

स्थानीय शिक्षकमार्फत हप्तामा ६ दिन दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म गणित, समाजिक, विज्ञान, नेपाली तथा अङ्ग्रेजी विषयको पढाइ हुने स्टेशन म्यानेजर कर्ण चन्दले बताउनुभयो । 

लकडाउनले गर्दा पढ्न नपाएका विद्यार्थीको सहजताका लागि सुदूरपश्चिम प्रदेशमा पहिलो पटक रेडियोमार्फत पढाउन सुरु गरेको चन्दले बताउनुभयो । 

कार्यक्रम नौ वटै पालिकासहित छिमेकी जिल्ला अछाम र डडेल्धुराका केही ठाउँका विद्यार्थीका लागि समेत प्रभावकारी हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया