देशबाहिर अप्ठ्यारोमा परेकाहरुको उद्धार गर्न माग

 जेठ ७, २०७७ बुधबार १३:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - राष्ट्रियसभाका सांसदहरुले देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार तथा पीसीआर परीक्षणको दयरा बढाउनमा माग गरेका छन् । 

राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका छन् । सांसद हरिराम चौधरीले सुदूरपश्चिमको स्वास्थ्य सेवाको अवस्था दयनिय रहेको बताउनुभयो ।

अहिले संक्रमित नभएपनि भारतबाट रोजगार गुमाएका नागरिकहरुको लिकिछिपी फर्किने क्रम नरोकिएकाले भोलि समस्या हुन सक्ने उहाँले बताउनुभयो प्रदेशभरी ५, ६ वटा मात्रै आईसीयूसहितका भेन्टिलेटर भएपनि त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो ।

प्रदेशमा कोरोनाका बिरामी मात्रै नभएर अन्य बिरामीहरु पनि समस्यामा रहेको उहाँले बताउनुभयो उहाँले प्रदेशमा पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गर्नुभएको छ ।

सांसद जितेन्द्र नारायण देवले कोरोना भाइरसका विदेशमा अलपत्र नागरिकको तत्काल उद्दारका गर्न आग्रह गर्नुभयो । प्रतिपक्षी दलले पूर्वाग्रही ढंगले विदेशमा रहेका नेपाली मुद्दा उठाइहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्दै उहाँले जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘४०, ४५ लाख नेपालीलाई ल्याउनुहोस् भनेक होइनौँ हामीले रोजगारी गुमेका, खाना नपाएका, स्वदेश आउनेहरुलाई ल्याउनुहोस् भनेका हौ । व्यवस्थित रुपमा परीक्षण गरेर ल्याउनुहोस् । आउन चाहानेहरुलाई नेपाली माटोमा बाँच्न दिउ भनोका हौ ।’

उहाँले पीसीआर परीक्षणको दायरा बढाउन पनि मा गर्नुभयो ।

सांसद शेखर कुमार सिंहले स्थानीय तहहरुमा व्यवस्थित क्वारेन्टाइनको संख्या बढाउन माग गर्नुभएको छ । स्थानीय तहहरुले क्वरेन्टीनमा नपठाएर भारतबाट आएकाहरुलाई सीमा नाकामा टहरा बनाएर राख्ने गरेको उहाँले बताउनुभयो । अहिले धान र मकै रोप्ने समय भएकाले उन्नत बीउ, मलको समयमै व्यवस्थापन गर्न पनि उहाँले माग गर्नुभएको छ ।

सांसद रामनारायण विडारीले सीमा विवादको विषयमा आफ्ना कुराहरु राख्नुभएको छ । नेपाल र भारतका पूर्वा शासकहरुको गल्तिका कारण अहिलेको अफ्ठ्यारो अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले कुटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

पूर्व शासकहरुको हेलचक्रयाइका कारणले कुटनैतिक रुपमा आफ्ठ्यारो पर्ने, परराट्र नीतिमा अफठ्यारो पार्ने र दुवै देशका सम्बन्धित पदाधिकारीको बीचमा कुराकानी नहुने स्थिति आउन नदिन छिटो समस्या समाधान गर्न उहाँले आग्रह गुर्नभयो ।

विडारीले सरकारले गाउँ गाउँमा किसानहरुका लागि मल, विउ र किटनाशक औषधिको व्यवस्था गर्न माग गर्नुभएको छ । किसानहरुको उत्पादन सरकारले गाउँबाट किनेर वितरण गर्नसके मात्रै भारतबाट तरकारी ल्याउनै पर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

जनताहरु लक डाउनमा रहेका बेला मन्त्री, सांसद र नेताहरुले धेरै हिँडडुल गर्नुभन्दा सङ्क्रमण नियन्त्रण र रोकथामका लागि के गर्न सकिन्छ त्यतातिर काम गर्न आग्रह गनुृभयो ।

सांसद विडारीले पास वितरणमा अझै कडाइ गर्न गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ । २, ४ हजार रुपैयाँ भएका गुण्डाहरुले गाडीका पास लिएर हिड्ने तर जनतालाई आक्रान्त पार्ने काम नगर्न उहाँले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया