भारतमा एकैदिन ५ हजार ६ सयभन्दा धेरै काेराेनाका बिरामी थपिए

 जेठ ७, २०७७ बुधबार १३:४७:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा काेराेना भाइरस सङ्क्रमितकाे सङ्ख्यामा अहिलेसम्मकै सबैभन्दा धेरै वृद्धि भएकाे छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा पाँच हजार ६ सय ११ नयाँ सङ्क्रमित थपिएका हुन् । 

याेसँगै भारतमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या बढेर एक लाख ६ हजार सात सय ५० पुगेकाे छ । 

गएकाे २४ घण्टामा एक सय ४० जनाकाे ज्यान गएसँगै काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार तीन सय तीन पुगेकाे छ । 

केन्द्रीय मन्त्रालयका अनुसार भारतमा अहिले काेभिड–१९ का ६१ हजार एक सय ४९ जना सक्रिय बिरामी छन् । झण्डै ४२ हजार उपचारपछि निकाे भएका छन् र उनीहरु घर फर्किएका छन् । 

भारतकाे महाराष्ट्र राज्य अझै पनि काेराेना सङ्क्रमितकाे हिसाबले पहिलाे नम्बरमा छ । महाराष्ट्रमा मात्रै ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । 

महाराष्ट्रपछि तमिलनाडुमा १२ हजार चार सय ४८ गुजरातमा १२ हजार एक सय ४० र दिल्लीमा १० हजार पाँच सय ५४ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

पीआईबीका अनुसार भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्ले पछिल्लाे २४ घण्टामा काेराेना भाइरसकाे एक लाख आठ हजार एक सय २१ नमुनाकाे जाँच गरिएकाे थियाे । अहिलेसम्म भारतमा २५ लाख १२ हजार तीन सय ८८ जनाकाे जाँच भइसकेकाे बताइएकाे छ । 

काेराेना भाइरसकाे प्रकाेप सीमित गर्नकाे लागि गृह मन्त्रालयले लकडाउनलाई मे ३१ सम्मकाे लागि बढाएकाे छ तर केही आर्थिक गतिविधिलाई अनुमति दिइएकाे छ, जसकाे कारण ठूला शहरमा साेमबारदेखि भिडभाड देखिन थालेकाे छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया