सिङ्गापुरमा 'जूम भिडियाे कल'मार्फत मृत्युदण्डकाे सजाय सुनाइयाे

 जेठ ७, २०७७ बुधबार १७:५३:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – सिङ्गापुरकाे एक अदालतले 'जूम भिडियाे कल'मार्फत एक मलेसियाली नागरिकलाई मृत्युदण्डकाे सजाय सुनाएकाे छ । सिङ्गापुरमा अन्यत्रै बैठक बसेर भिडियाेमार्फत मृत्युदण्डकाे सजाय सुनाइएकाे याे पहिलाे पटक हाे । 

३७ वर्षीय पुनीथन गेनसानलाई सन् २०११ मा अदालतले हेराेइन तस्करीकाे आराेपमा दाेषी ठहर गरेकाे थियाे । यद्यपि पुनीथन भने तस्करीमा आफ्नाे संलग्नतालाई लिएर अस्वीकार गर्दै आइरहेका छन् । उनले अदालतकाे फैसलाविरुद्ध अपिल गर्ने सक्ने जनाइएकाे छ । 

न्यायालयमा हुने भिडलाई मध्यनजर गर्दै कैयाैँ देशले अदालती कामकारबाही अनलाइनमार्फत गर्ने निर्णय लिएका छन् । सामाजिक प्रतिबन्धलाई ध्यानमा राख्दै यस्ताे निर्णय लिइएकाे हाे । 

यस्ताेमा जूम जस्ताे भिडियाे कलिङ माेबाइल एपकाे प्रयाेगलाई अदालतले पनि बढाएकाे छ । यही महिनाकाे सुरुवातमा नाइजेरियामा एक व्यक्तिलाई सन् २०१८ मा भएकाे एक हत्याकाे लागि जूमकाे माध्यमबाट मृत्युदण्डकाे सजाय सुनाइएकाे थियाे । 

मानव अधिकारकाे क्षेत्रमा क्रियाशीले संस्थाले भने याे पैसलालाई 'क्रूर र अमानवीय' भएकाे बताएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया