थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४४४ पुगे

 जेठ ८, २०७७ बिहिबार ७:२३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो ।

झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै धनकुटाका ३४ वर्षका पुरुष, सुनसरी धरान उपमहानगरपालिकाका ५१ वर्षका महिलामा पनि सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

आज थपिएका १७ जनासहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ सय ४४ पुगेको छ । सङ्क्रमितमध्ये उदयपुरको भुल्केका आठ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४५ पुगेको छ ।

अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नारायण प्रसाद शर्मा

    May 21, 2020, 1:12 p.m.

    हाल दिनानुदिन कोरोना सक्र्ंमितको संख्या बढदो छ ! नागरिक को मनमा सान्ति छैन सरकार बिभिन्न समस्या मा रोमलिरहेको छ ! जिवन ठुलो हो कि देश भन्ने बहसले सवैको ध्यान तानिरहेको छ सवै राष्ट्रवादि बन्नु परेको छ जनता तडपिएर बस्नु परेको छ ! अव नक्सा जारि भै हाल्यो बिदेस मामिला हेर्ने ले आफ्नो जिम्मेवारि जनता र रास्ट्रको हित हेरेर गरोस , स्वास्थ्य , गृह , सुरक्षा जस्ता मन्त्रालय ले यि रोगका बिरुद्द नयाँ नयाँ उपाय खोजि गरि सबै नागरिकको स्वाब परिक्षण र नाकामा कडा निगरानी तथा आवस्यक क्वारेन्टाइन अनि अति बिपनलाई पुग्ने गरि रासनपानीको प्रबन्ध गर्नु पर्यो सरकार !

  •  0 Reply

तपाईको प्रतिक्रिया