खोटाङको रावाबेँसीका सबै नाका बन्द : पैदल आवत जावतमा समेत रोक

 जेठ ८, २०७७ बिहीबार १३:३:२१ | रासस
unn.prixa.net

खोटाङ - कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो । 

गाउँपालिकास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गाउँपालिकाको सबै नाकाबाट हुने आवत जावत बन्द गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिनुभयो ।

‘छिमेकी स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएसँगै आफ्नो क्षेत्रमा पनि गाउँपालिकाभित्र सञ्चालित होटल पूर्णरुपमा बन्द गर्न निर्देशन दिइएको छ’, उहाँले भन्नुभयो, ‘आगामी जेठ १६ गतेसम्म गाउँपालिकाको कार्यालयबाट अत्यावश्यकबाहेकका अन्य कामसमेत बन्द गरिएको छ ।’

लकडाउन को अवधिभर गाउँपालिकाभित्रका खाद्य पसल दैनिक बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म मात्र खुला गरिने जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा राजधानी काठमाडौँबाट उद्धार गरेर ल्याइएका हलेसीका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि  भएको थियो ।  जिल्लामै पहिलोपटक हलेसीमा कोरोना सङ्क्रमित भेटिएपछि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा अपनाउनुपर्ने सतर्कतालाई कडाइका साथ लागू गरेका छन् । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया