काेराेना निकाे भएपछि टेकु अस्पतालबाट ४ जना डिस्चार्ज

 जेठ ८, २०७७ बिहिबार १७:३४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना सङ्क्रमण देखिएकामध्ये थप चार जना उपचारपछि निकाे भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई महिला र दुई पुरुषलाई आज डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार २३ र २५ वर्षीया युवती तथा ३७ र २७ वर्षीय पुरुष उपचारपछि निको भएका हुन् । उनीहरु उपचारको नवौँ दिनमा उपचार पछि निको भएकाे देवकोटाले बताउनुभयो ।

आज चार जना डिस्चार्ज भएसँगै उपचारपछि निकाे हुनेकाे कुन सङ्ख्या ४९ पुगेकाे छ । नेपालमा अहिलेसम्म चार सय ५३ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ । 

यस्ताे छ जिल्लागत अवस्था 

बाँकेमा ९९ जनामा सङ्क्रमण पुष्टि भएकाेमा एक जनाकाे ज्यान गएकाे छ । 

पर्सामा ९१ जनामा सङ्क्रमण पुष्टि भएकाेमा तीन जना निकाे भएका छन् । 

कपिलवस्तुमा ५९ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

झापामा ३५ जनामा सङ्क्रमण पुष्टि भएकाेमा दुई जना निकाे भएका छन् । 

उदयपुरमा ३३ जनामा सङ्क्रमण पुष्टि भएकाेमा २३ जना निकाे भएका छन् । 

रुपन्देहीमा २९ जनामा सङ्क्रमण पुष्टि भएकाेमा एक जना निकाे भएका छन् । 

राैतहटमा २२ जनामा सङ्क्रमण पुष्टि भएकाेमा एक जना निकाे भएका छन् । 

काठमाण्डाैमा १२ जनामा सङ्क्रमण पुष्टि भएकाेमा सात जना उपचारपछि निकाे भएका छन् । 

धनुषामा आठ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

धनकुटामा सात जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

सर्लाहीमा पाँच जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

बारामा चार जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

दाङमा चार जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

कैलालीमा चार जनामा सङ्क्रमण पुष्टि भएकाेमा चारै जना निकाे भएका छन् । 

माेरङमा चार जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।

भक्तपुरमा तीन जनामा सङ्क्रमण पुष्टि भएकाेमा दुई जना निकाे भएका छन् । 

चितवनमा तीन जनामा सङ्क्रमण देखिएकाेमा दुई जना निकाे भएका छन् । 

महाेत्तरीमा तीन जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

सुनसरीमा तीन जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

बागलुङमा दुई जनामा सङ्क्रमण पुष्टि भएकाेमा दुई जना नै निकाे भएका छन् । 

बर्दियामा दुई जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

धादिङमा दुई जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

मकवानपुरमा दुई जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

नवलपरासी पूर्वमा दुई जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

नवलपरासी पश्चिममा दुई जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

भाेजपुरमा एक जनाका काेराेना सङ्क्रमण पुष्टि भएकाेमा निकाे भइसकेका छन् । 

दैलेखमा एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

गुल्मीमा एक पुरुषमा काेराेना सङ्क्रमण देखिएकाेमा उहाँकाे ज्यान गएकाे छ ।  

कञ्चनपुरमा एक जनामा काेराेना सङ्क्रमण देखिएकाेमा निकाे भइसकेकाे छ । 

काभ्रेपलाञ्चाेकमा एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

खाेटाङमा एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

ललितपुरमा एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

रामेछापमा एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

सप्तरीमा एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

सिन्धलीमा एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

सिन्धुपाल्चाेककी एक महिलामा काेराेना सङ्क्रमण पुष्टि भएकाेमा उहाँकाे ज्यान गएकाे छ । 

सिरहामा एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया