अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
डोटी – डोटीमा संरक्षणको अभावमा सङ्कटमा परेको पंक्षी गिद्धको सङ्ख्या बढेको पाइएको छ । विगतमा बिरलै देख्न पाइने गिद्ध अहिले तीन सयदेखि ६ सय मिटरको उचाइमा जताततै देखिन थालेको डिभिजन भेटेरिनरी कार्यालय डोटीले जनाएको हो । तर जिल्लामा रहेका गिद्धको सङ्ख्या गणना हुन बाँकी रहेको कार्यालयले जनाएको छ।
विषाक्त औषधि सेवन गरेर मरेका सिनो खाने क्रम बढेसँगै जिल्लामा गिद्ध लोप हुँदै गएका थिए । खासगरी खप्तड राष्ट्रिय निकुञ्जलगायतका अन्य उच्च लेकाली क्षेत्र भित्र हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय डोटीले जनाएको छ ।
पूर्वी तथा मध्य नेपालमा लोपोन्मुख अवस्थामा रहेको हिमाली गिद्धको सङ्ख्या डोटीमा भने पछिल्लो केही वर्ष यतादेखि राम्रै रहेको पूर्व खप्तड राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत प्रकाशबहादुर शाहले बताउनुभयो ।
आहारा र वासस्थान संरक्षण तथा पशुमा डाइक्लोफिन्याक नामक औषधिको प्रयोग नगरिनुलगायत कारणले यहाँ हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ । जिल्लामा यसअघि गिद्धको बारेमा कुनै अध्ययन/अनुसन्धान नभएको र अन्य गिद्धका प्रजाति तथा सङ्ख्याको बारेमा यकिन भन्न नसकिने उहाँले बताउनुभयो ।
नेपालमा हाडफोर, सेतो गिद्ध, डङ्गर, सानोखैरो गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, राज गिद्ध, सुन गिद्ध र लामोठुँडे गिद्ध गरी नाै प्रजातिका गिद्धहरु पाइने गरेको निकुञ्जको कार्यालयको तत्थ्याङ्कमा उल्लेख गरिएको छ ।
डङ्गर गिद्ध, सानोखैरो गिद्ध, सुन गिद्ध र लामोठुँडे गिद्ध अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने सेतो गिद्ध र हिमाली गिद्ध पनि सङ्कटापन्न उन्मुख रहेको बताइएको छ । डाइक्लोफिन्याक नामक औषधिको प्रयोगबाट मृत्यु भएका पशुहरुको सिनो गिद्धले खाएपछि मिर्गाैला फुटेर मर्नेलगायत प्रजनन क्षमतामा ह्रास आउने हुँदा गिद्ध लोप हुने अवस्थामा पुगेको निकुञ्जका कर्मचारीहरु बताउँछन् ।
गिद्ध विनाशको प्रमुख कारण डाइक्लोफिन्याक विषादी भएको सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका क्षेत्रीय निर्देशक यज्ञराज जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘डाइक्लोफिन्याक खुवाइएका पशु चौपाया मरेपछि सिनोसँगै गिद्धले त्यो विषादी खाएका हुन्छन्, विषादीका कारण गिद्धको मिर्गौलामा समस्या हुने भएपछि गिद्ध लोप हुँदै गएको हो ।’
नेपालमा गिद्ध संरक्षण गर्ने अभियान थालिए पनि सङ्घीयतासँगै पालिकाले यसबारे चासो नबढाएका कारण गिद्धकाे सङ्ख्या घट्दै गएको बताइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।